2021 April 16/ 05:35: 56am

    धुलिखेल/वायुमण्डल नै प्रभावित हुने गरी देशभर लागेको आगलागी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा पनि लागेको छ । अघिल्लो साताको बुधबार साँझ परेको सिमसिम पानीले आगो केहि मत्थर देखिए पनि महाभारत लेकका विभिन्न स्थानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 
    जिल्लाको चौवास, साल्मे, जनागाल, नारायणस्थान, महादेवस्थान, खोपासी, कटुञ्जे र डराउनेपोखरी लगायतका वन कार्यालयहरुको रेकर्ड अनुसार ३३ स्थानमा आगलागी भएको थियो । आगलागीबाट बोट विरुवा, बन्यजन्तु लगायतका वनमा हुने दुर्लभ उत्पादन समेत नष्ट भएको छ । सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधिहरुको अथक प्रयासमा पनि आगो नियन्त्रणमा लिन नसकेको प्रहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालय काभ्रेका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठका अनुसार भुम्लु गाउँपालिकाको लाँकुर भुलभुले, चापानी, धारापानी, लाम्राङ्ग आहालडाँडा, साँगावस्ती, छेकर्पा, फागरखोला, मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो । मादन सल्लेरी सामुदायिक वन चौरीदेउराली गाउँपालिका वडा नम्वर ७ मा पर्दछ । चौबास वन इलाका अन्र्तगत उक्त वन रेखदेख हुँदै आएको छ । 
त्यस्तै साल्मे इलाका वन अन्र्तगत फर्लेक धारापानी ३० हेक्टर र साल्मे सामुदायिक वनको ९० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । चार्काेट गैरीगाउँ, चरुवा, जैसीथोक, घट्टेखोला, भान्छा पोखरी, सिम्ले लामीडाँडा, जुकेपानी, घ्याम्पेपानी, पौवा सामुदायिक वन जलेका छन् । बेथान्चोक गाउँपालिकाको राष्ट्रिय वन क्षेत्रमा पर्ने ५० हेक्टर बन र दक्षिण महाभारत सामुदायिक वन, चिसापाानी वनमा पनि आगलागी भएको छ । नारायणस्थान सामुदायक वन, गोरखनाथ, जनजागृति, महाकांलस्थान, पाट्नेखोला, खहरे, डुकुल्चे, सार्दुङ्गमुलेङ्ग, दुंगुरी पाखा र सिन्धुली र काभ्रेको सिमाना पर्ने भिमखोरीको वनमा आगलागी भएको थियो । विपी राजमार्गको दायाँबायाँ र अरनिको राजमार्गको दायाँबाँयाका विभिन्न क्षेत्रमा आगलागी भएको थियो । आगलागीलका कारण वन क्षेत्रमा बसोबास गर्ने विभिन्न वन्यजन्तु, विरुवा तथा ठुला रुखहरु नष्ट भएका छन् । धेरै स्थानमा एकै पटक आगलागी भएको पहिलो पटक भएको डिभिजन बन कार्यालय काभ्रेले जानकारी दिएको छ । आगलागी नियन्त्रण गर्न डिभिजन वन, सेना, प्रहरी तथा स्थानीय सरकारको अलावा विभिन्न संघ संस्थासँग समन्वय गरिएको डिभिजन वन कार्यालय काभ्रेका प्रमुख डिभिजनल अधिकृत देवीचन्द्र पोखरेलले जानकारी दिनुभयो ।