2018 October 18/ 07:17: 22am

    बनेपा/फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रे शाखाको ७ औ बार्षिक साधारण सभा बाट विरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । 
    समितिको उपाध्यक्षमा भेषराज दनुवार, सचिब शम्भु तामाङ, कोषाध्यक्ष रुद्र खड्का र सदस्यहरुमा ठाकुर प्रसाद दाहाल, किरण खरेल र जनार्दन गौतम रहेका छन् । कार्यक्रमको उद्घाटन नेपाल नगरपालिका सघंका केन्दिय सदस्य तथा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले गरेका थिए । कार्यक्रममा बोल्दै खरेलले पाँचखाल नगरपालिकालाई तरकारी खेती मात्र नभई आधुनिक कृषि ब्याबसायमा लैजान योजना बनाएको बताए । कृषकहरुलाई समय अनुसारको तालिम प्रदान गरेर आधुनिक कृषि खेत गर्न लागि परेको उनले बताए । पाचँखाल नगरपालिकामा फलोरिकल्चरका लागी प्रशस्त जग्गा जमिन भएकाले नगरका कृषकहरुलाई त्यस तर्फ ध्यान दिन नगर प्रमुख खरेलले आग्रह गरे । कार्यक्रममा विषेष अतिथी फ्लोरिकल्चर नेपालका केन्द्रिय अध्यक्ष कुमार कसजु श्रेष्ठले कार्यक्रमहरुमा खादाको ठाउँमा फुल मालाको प्रयोगमा ल्याउन र पुष्प ब्यबसायलाई सम्मान गर्न आग्रह गरेका थिए । कार्यक्रममा पानैती नगरपालिका नगर उप प्रमुख गिता बञ्जारा, कृषि विकास शाखा धलिखेलका विष्णु अधिकारी, बनेपा शाखाका कृष्ण धिताल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सञ्चार कर्मि वि.वि.सि मिडिया एसनमा कार्यरत प्रकाश सुन्दासलाई सम्मान गरिएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष विरेन्द्र बहादुर श्रेष्ठले राखेका थिए भने सभापतित्व अध्यक्ष भोजराज तिमल्सिनाले गरेका थिए ।