2018 October 18/ 06:26: 04am

    बनेपा/बनेपा हिकारी किण्डरगार्टेनको १७ औ अभिभावक दिवस काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
     ब्यवस्थापन समितिका अध्यक्ष मनिक तुम्रुकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले विभिन्न विद्यामा प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयकी प्रिन्सिपल शर्मिला सिंह कार्कीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लाको पहिलो हिकारी किन्डर गार्टेनबाट धेरै विद्यालयहरुले बालबालिकाहरुका लागि किण्डर गार्टेन खोल्ने अभ्यास गरेको बताईन । प्राय सबै विद्यालयहरुले अहिले किण्डर गार्टेनको शुरुवात गरेका छन् । ७ जना बालबालिकाहरुबाट शुरु भएको हिकारी किण्डर गार्टेनमा १ सय २३ जना बालबालिकाहरुलाई जापानिज प्रविधिबाट सिकाई भईरहेको छ । बालबालिकाहरुको हेरचाह र पठनपाठन पनि सोहि प्रविधिबाट हुँदै आएको प्रिन्सिपल शर्मिला सिंहले बताईन् । कार्यक्रममा बनेपा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख चिरञ्जीवि अर्याल, अन्तराष्ट्रिय भलिबल रेफ्रि विजय केसी, अभिभावक इन्जिनियर निलकमल शाहि लगायतले हिकारी किण्डर गार्टेनले बालबालिकाहरुका लागि पु¥याएको शिक्षाका बारेमा सुझाव सहित धन्यवाद दिएका थिए ।