2018 October 18/ 06:01: 26am

    धुलिखेल/ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आत्ध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गरेको छ । 
ओमशान्ति भवनमा आयोजित कार्यक्रममा आत्ध्यात्मिक क्षेत्रमा कृयाशिल ब्यक्तिरुको सहभागिता रहेको थियो । ब्रम्हकुमारी लक्ष्मी दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रिय सभापति रमेश हुमागाई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश न्यौपाने, धुलिखेल नेपाली काँग्रेसका सभापति जीतकृष्ण घिनांजू, नेपाली काँग्रेस महासंघका सदस्य लीला नेपाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य हुमागाईले आत्ध्यात्मिक प्रवचन तथा विचारले समाजमा शान्ति कायम गर्न मद्दत पुग्ने बताए । समाज चारित्रिक रुपले भ्रष्ट हुँदै गएको अवस्थामा यस्ता प्रवचनले सकारात्मक सन्देश दिने हुमागाईले बताए । सोहि अवसरमा सेवा केन्द्रका विष्णु बडाल र ब्रम्हकुमारी सविता रेग्मी र ब्रम्हकुमार विजयप्रकाश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । विश्वमा १ सय ४० देशमा ९ हजार ५ सय ब्रम्हकुमार राजयोग सेवा केन्द्र संचालन भएको र काभ्रे जिल्लामा २ वटा सेवा केन्द्र र २५ वटा जति उपसेवा केन्द्र र गीता पाठशाला रहेको, १ हजार जनाले दैनिक प्रवचन सुन्ने गरेको, त्यहाँ नैतिक शिक्षा र सकारात्मक सोच साथै चरित्र निर्माण सम्बन्धी ज्ञान फैलाउने कार्य गर्ने गरेको संस्थाले बताए । कार्यक्रम संचालन ब्रम्हकुमारी रञ्जु नेपालले गरेकी थिइन् ।