2018 October 18/ 06:01: 39am

   बनेपा/बनेपामा रहेको काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले नगरको विकासमा सहकारीहरुलाई साझेदार र प्रमुख जिम्मेवार बनाईने बताए । सभामा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुवर चौ प्रधान, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, सल्लाहकार महेन्द्र कर्णजित, आभाष सहकारीका सचिव प्रकाश कायश्थ, वडा अध्यक्ष वर्ण शाक्, जिल्ला सहकारी संघ लिमिटेडका संचालक वर्ण शाक्य लगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष इन्द्रलाल मानन्धरको स्वागत मन्तब्य रहेको कार्यक्रममा सचिव हरिगोपाल मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा लेखा प्रतिवेदन यशुराम राजबाहकले प्रस्तुत गरेका थिए । सहकारीको आर्थिक वर्षको अन्त्यमा १ करोड ३९ लाख ७ हजार ८ सय शेयर पुँजी, ५ करोड ७५ लाख ९३ हजार बचत, ६ करोड ५२ लाख ३७ हजार ऋण लगानी गरेको छ । १ करोड ५ लाख मुनाफा गरेको छ ।