2024 March 19/ 12:35: 28pm

बनेपा/बनेपा नगरपालिका अन्र्तगत रहेका स्वास्थ्य चौकीहरुमा बनेपा हेल्थकेयरले शुद्ध पानी पिउनका लागी डिस्पेन्सर मेशिन प्रदान गरेको छ ।
हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेलाई एक कार्यक्रमका विच उक्त डिस्पेन्सर हस्तान्तरण गर्नु भएको थियो । हेल्थ केयरका निर्देशक थापाले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य चौकीमा आएका सेवाग्राहिहरुले शुद्ध पानी खाने उद्देश्यले उक्त सामाग्री प्रदान गरेको बताउनु भयो । नगर प्रमुख बादेले सहयोगी संस्थालाई धन्यबाद दिदै नगरपालिकाले मात्र नभई सम्पूर्ण संघ संस्था, नगरवासीहरु मिली नगरबासीहरुको विकास गर्न सकिने बताउनु भयो । कोरोनाको महामारीमा समेत नगरलाई सम्पुर्ण नगरबासीहरुको सहयोग रहेको हुदाँ नगरपालिकाले गर्नुपर्ने कर्तब्य गर्ने बताउनु भयो । कार्यक्रममा हेल्थ केयरका निर्देशक थापाले स्वास्थ्यको क्षेत्रमा निरन्तर सक्रिय रहेको बतउनु भयो । त्यसैगरी हेल्थ केयर प्रालिले काभ्रेका विद्यालयहरुलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको थापाले बताउनु भयो ।
बेलर किड्स क्यासल बनेपा, काभ्रे इङ्गलिस मावि पनौतीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मास्क, स्यानीटाइजर, फेस सिल्ड, पन्जा, फस्र्ट एड बक्सहरु विद्यालयहरुलाई वितरण गरेको निर्देशक थापाले बताउनु भयो । बनेपा हेल्थ केयरले यसअघि बनेपाको बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पस र बनेपाको बिद्या सागर स्कुल, सिद्धार्थ स्कुल र ज्ञानकुञ्ज स्कुलमा स्वास्थ्य सामाग्री वितरण गरेको र आगामी दिनमा पनि अन्य शैक्षिक संस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने केयरका सिईओ शिव पौडेलले जानकारी दिनुभयो ।