2021 March 05/ 10:47: 11pm

धुलिखेल/धुलिखेल नगरपालिकाको आठौं नगरसभा गत विहिबार बाट शुरु भएको छ । नगरसभाको अध्यक्षता नगरप्रमुख अशोककुमार व्याञ्जूले गर्नुभएको छ । नगरसभामा विभिन्न बिद्येयक तथा कार्यविधि प्रस्तुत भएको छ भने नगर कार्यपालिकाबाट स्वीकृत कार्यक्रमको अनुमोदनका लागि सभामा पेश गरिएको छ । 
नगरसभामा धुलिखेल नगरपालिका वडा न १० का वडा अध्यक्ष पुष्पराज राउतले खानी तथा खनिज पदार्थ सम्बन्धी व्यवस्था गर्न बनेको बिद्येयक २०७७ र वडा न ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्यले ,वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ स्वीकृतका लागि सभामा पेश गर्नुभएको छ ।
सभामा उपप्रमुख विमला शर्मा चौलागाईले नगरस्तरीय र वडास्तरीय बजेट तथा कार्यक्रमबाट स्वीकृत, थप दरबन्दी स्वीकृत, वडाबाट सिफारिस भएर आएका योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाका अन्र्तगतको होम स्टेको प्रतिकोठा बार्षिक कर पाँच सय बनाउने निर्याणको अनुमोदन, होटलहरुको चार महिनाको कर छुट लगायत कार्यपालिकाबाट स्वीकृत योजनाको अनुमोदनका लागि नगरसभामा पेश गर्नुभएको थियो । नगरसभा आगमी फागुन ९ गते दिउँसो १ बजे बस्ने गरी समापन भएको  थियो । 
नगरसभामा नगरप्रमुख व्याञ्जूले धुलिखेलमा एक घर एक धारा बनाउने प्रतिवद्धता दोहो¥याउनु भएको छ । ब्यान्जुले निर्वाचनको समयमा एक घर एक धारा बनाउने छौँ भनेको स्मरण गर्नु हुँदै आगमी बर्षसम्ममा पुरा हुने बताउनुभयो । शुन्य समयमा बोल्ने सदस्यहरुले राखेको प्रश्नको जवाफ दिनुहुँदै व्याञ्जूले भन्नुभयो, हामी एक घर एक धारा अभियानमा छौँ । यसका लागि सक्नेले नगरको नीति अनुसार सहयोग गरौँ । सक्दै नसक्नेलाई नगरले छुट दिने बताउनु भयो । ब्यान्जुले  अहिले १८ सय घरधुरीले खानेपानी खाइरहेको र यस बर्ष थप ११ सय घरधुरीलाई पु¥याउने,  आगमी बर्ष थप आठ सय घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य रहेको बताउनुभयो । नगरका प्रत्येक वडामा अप्टिकल फाइवरको काम भइरहेको जानकारी दिनुहुँदै प्रत्येक वडा वडाबाटै कर संकलनको तयारी नगरले गरिरहेको छ, ब्यान्ज्ुले भन्नु भयो ।  अहिले दुई वडामा नमूनाको रुपमा कर संकलन गरिरहेका छौँ । आगमी बर्ष सम्ममा १२ वटै वडाबाट कर संकलन गर्ने नगरले नीति बनाएको छ ।