2021 March 05/ 10:56: 41pm

लोकबहादुर थापा
धुलिखेल

    धुलिखेल नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको चार वर्ष पुग्नै लाग्दा भएका विकासका गतिविधिहरुले समग्र नगरबासीहरुको समृद्धता झल्केको छ । ‘नगरवासीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सम्पन्न बनाउँदै नगरको ऐतिहासिकलाई समेत कायम राख्ने गरी कार्य भईरहेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, स्वरोजगार, पूर्वाधार निर्माण, खानेपानी लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।’ 
    नगरपालिकाले बुधबार आयोजना गरेको ३५ औ स्थापना दिवस तथा पहिलो बालमैत्री नगर घोषणा कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले मेयर गरिवी निवारण कोष मार्फत महिला परिषद्, आदिवासी जनजाति परिषद्, युवा परिषद्, अपाङ्ग वर्ग परिषद् र दलित वर्ग परिषद् गरी ५ वटा परिषद्हरुको गठन गरी परिषद् मार्फत विभिन्न सीपमूलक, रोजगारमूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको उक्त तालिम कार्यक्रमबाट सिकेको सिप उपयोग गर्दै ८ सय ६५ जना व्यक्तिहरुले विभिन्न लघु तथा साना उद्यमहरुको स्थापना गरी वस्तुहरुको उत्पादन गरिएकोे, उक्त सामाग्रीहरुको बजारीकरणका लागि नगरपालिकाबाट कोसेली घरको स्थापना गरी विक्री वितरणको व्यवस्था मिलाइएको साथै बजारीकरणका लागि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी सहकार्य अगाडि बढाइएको बताउनु भयो । 
    सबै वडाहरुमा खेलकुद विकासलाई मध्यनजर गरी खेलकुदका सामाग्रीहरुको वितरण गरी वडा नम्बर ७ र ८ मा जिम सेन्टरको स्थापना गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । मानसिक समस्या भएका युवाहरु उपचारको क्रममा विभिन्न स्वास्थ्य तथा सुधार गृहहरुमा रहेका छन् त्यस्ता युवाहरुको उपचारका लागि अनुदान स्वरुप नगरपालिकाले प्रतिव्यक्ति १० हजार प्रदान गरिएको छ । दलित परिषद् अन्र्तगत परम्परागत रुपमा सञ्चालन  भइरहेका आरन सुधारका लागि ९ वटा र चालु वर्षमा ९ वटा गरी १८ वटा आरनलाई आधुनिकीकरण गरिएको छ । वडा नम्बर ९ र ११ मा दलितहरुको आयआर्जन वृद्विका लागि ब्याण्ड बाजा समुहगत रुपमा वितरण गरिएको छ । विद्यालय र महाविद्यालयमा अध्ययनरत दलित छात्र छात्राहरुलाई प्रतिव्यक्ति १०÷१० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ । दलित परिषद् र महिला परिषद्बाट ३० जना व्यक्तिहरुलाई मोटर ड्राइभिङ्गको तालिम प्रदान गरिएको छ । महिला परिषद् अन्र्तगत ३० वटा सिलाई मेशिन र १ सय २५ वटा प्लाष्टिक टनेल खरिद गरी वितरण गरिएको छ । 
    नगरपालिकाले समग्र विकास तथा नगरपालिकाको भावी दूरगामी योजनाका सम्बन्धमा प्राथमिकता क्षेत्र निर्धारण सहितको २० बर्षे भिजन पेपर तयारी गरी १७ वटा विषय क्षेत्र समेटेको एकीकृत नगर विकास योजनाको तर्जुमा गरी सोही बमोजिम कार्यक्रम सञ्चालन भईरहेको छ । नगरपालिकामा करिब ५ करोड लगानीमा ७ सय क्षमताको सभा हल निर्माण तथा २ करोड लागतमा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण देवीस्थान पार्कको निर्माण तथा धुलिखेल मुख्य बजारमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्य सम्पन्न भएको छ भने धुलिखेल मनोरञ्जन पार्कमा कोशेलीघर तथा पसल कवल निर्माण गरिएको छ । एकै पटक १ हजार जना बस्ने क्षमताको सभा हल निर्माण सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाको एक घर एक धारा नीति अनुसार नगरपालिकाका ६ वटा वडामा पूर्ण रुपमा खानेपानी सुविधा पु¥याउनुका साथै आगामी आ.व. मा ४ वटा वडा र बाँकी अवधी भित्र सबै वडामा एक घर एक धार पूर्ण रुपमा लागू गर्न सक्ने गरि कार्य शुरु भएको छ । हालसम्म ५ हजार ६ सय ३७ घरधुरीमा एक घर एक धारा पुगिसकेको छ । पूर्वाधार विकास अन्तर्गत चालु आ.व.मा ग्रावेल सडक २१,०८० मिटर, नयाँ ट्रयाक १२,०२५ मिटर, पिच सडक ३२२० मिटर,  कज वे ५८ मिटर, पक्की नाली १०,३७५ मिटर र सडक ढलान २२२५ मिटरको निर्माण भएको छ । धुलिखेल रङ्गशालाको आ.व.मा करिब ५५ करोड लागतमा निर्माण गर्नको लागि डिपिआर तयार गरिएको छ । रङ्गशालालाई क्षेत्रीय स्तरको फुटबल स्टेडियमको रुपमा विकास गर्न नयाँ शहर विकास आयोजना मार्फत ३७ कारोड बजेट विनियोजनका लागि पहल भएको छ । उक्त आयोजना निर्माण पश्चात प्रारम्भिक चरणमा ४५०० सिट क्षमताको स्टेडियम निर्माण हुनेछ भने पूर्ण रुपमा कार्य सम्पन्न हुँदा ९ हजार सिट क्षमताको स्टेडियम निर्माण हुनेछ । 
    सामुदायिक विद्यालयमा फर्निचर र शौचालय समेतको व्यवस्था भएको विद्यालय भवन निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको साथै दुईवटा विद्यालयका लागि सुविधा सम्पन्न कक्षा कोठा सहितको भवन निर्माणका लागि साझेदार संस्थासँग समन्वय र सम्झौता भएको छ । बालमैत्री शिक्षण पद्धतिलाई जोड दिँदै प्राथमिक तहबाट नै शैक्षिक गुणस्तर सुनिश्चित गर्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्था र स्थानीय साझेदार संस्था समेतको सहकार्यमा १२ बाह्र वटा विद्यालयको १६ वटा कक्षामा बहुकक्षा बहुस्तर पद्धतिबाट सिकाइ सहजीकरण गरिएको र चालू आवमा ६ वटा विद्यालयमा लागू गर्ने गरी नगर शिक्षा समितिबाट विद्यालय छनौट गरिएको छ । विश्वमा फैलिएको माहामारी संसारको चुनौती बने पनि धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले यसलाई स्वास्थ्य क्षेत्र विकासको अवसरको रुपमा उपयोग गरिएको छ ।    स्वास्थ्य क्षेत्रमा अलग पहिचान स्वस्थ शहर धुलिखेल बनाउने उद्देश्यका साथ आफ्नै मौलिक कार्यक्रमहरुका साथ धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा कार्य शुरुवात भएको छ । मानसिक स्वास्थ्यको समस्या कम गर्न सिएमसि नेपालको सहयोगमा धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र मार्फत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ९ स्थित काभ्रे भञ्ज्याङ्गमा १५ शैयाको अस्पताल शिलान्यास सम्पन्न भै कार्य सुरुवात गरिएको छ ।
    सहकारीको दिगो विकास तथा बजार व्यवस्थापनका लागि सहकारी बजार विकास कार्यक्रम सञ्चालन  भई ४ वटा सहकारीहरुमा कृषि उपज ढुवानीका लागि ४ वटा सवारी साधन उपलब्ध गराइएको छ । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रको समग्र र दीगो विकासको लागि इसिमोड र सिप्रेडको सहयोगमा चार बर्षीय कृषि विकास रणनीतिक योजना तयार गरिएकोमा सोही बमोजिम विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिएको छ । तरकारी खेतीमा संलग्न कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल र मल्चिङ्ग कार्यक्रम सञ्चालन  गरिएको छ । कृषक समूह गठन तथा परिचालन सम्बन्धी निर्देशिका तयार गरी लागू गरिएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने तथा लागतमा कमी ल्याउन नगरपालिकाका सबै वडाहरुलाई समेटी मिनिटेलर ८० वटा, स्प्रेयर १५० थान, थ्रेसर २३ थान वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरी न.पा.को वडा नं ११ र १२ लाई मौरी पकेट क्षेत्र बनाइने कार्यक्रम रहेको छ । कम्पोष्ट मल सुधारका लागि भकारो सुधार कार्यक्रम लागु गरिनुका साथै यस न.पा.को वडानं ३ मा ब्यवसायिक तरकारी खेतीका लागि साना सिंचाई कार्यक्रम लागू गरिएको छ । नगरपालिकालाई नगरवासीको घर दैलोको सरकारको रुपमा व्यवस्थित गरी सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न ३५ वटा ऐन र कार्यविधि पारित गरिएको छ । न्यायिक समितिमा हालसम्म २८ वटा विवादहरु दर्ता भएकोमा मेलमिलापबाट ४ वटा र न्यायिक निरुपणबाट १० वटा समेत १४ वटा फछ्र्यौट गरिएको साथै १४ वटा प्रकृयामा रहेको छ । राजश्वमा प्रविधि मैत्री तथा अन्य विकासमा नागरिक मैत्री कार्य गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।