2021 March 05/ 09:13: 10pm

‘देशलाई बन्धक बनाउन खोजेपछि संसद विघटन’–प्रदिप ज्ञवाली
    धुलिखेल/धुलिखेल नगरपालिकाको ३५ आंै स्थापना दिवस तथा बालमैत्री नगर घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केहि नेताले देशलाई बन्धक बनाउन खोजे पछि प्रधाममन्त्री केपी ओलीले संसद् विघटन गर्नु भएको बताउनु भएको छ ।
    ‘६४ प्रतिशत मत ल्याई निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिए पछि संसद्बाट अर्काे सरकार बन्ने नदेखिए पछि ताजा जनादेशमा जान प्रधानमन्त्रीले संसद् विघटन गर्नु भएको हो’–मन्त्री ज्ञवालीले भन्नुभयो–‘संसद विघटन गर्ने विशेष अधिकार प्रधानमन्त्रीलाई भएर विघटनको निर्णय भएको हो ।’ निर्वाचित प्रधानमन्त्रीलाई अविस्वास पत्र, राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भए पछि उक्त कदम चाल्नु परेको परराष्ट्रमन्त्री ज्ञवालीले वताउनु भयो । जनताको विचमा जान्छु भन्नु प्रतिगमन हो ? ६४ प्रतिशत ल्याई निर्वाचत प्रधानमन्त्री र राष्ट्रपतिलाई हटाई देशमा अस्थिरता ल्याउन खोज्ने चाहि अग्रगमन हो ? ज्ञवालीले प्रश्न गर्नु भयो । 
    लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा ल्याउनु, बाहय राष्ट्रसँग सम्बन्ध राम्रो बनाउनु, शक्तिशाली राष्ट्रका प्रमुख ल्याउनु प्रतिगमन हो कि अग्रगमन हो ? केहि नेतालाई कुर्सीका लागी देशलाई बर्वाद पार्न नदिनका लागी उक्त कदम चालिएको बताउनु भयो । तीन वर्ष अघि हामीले जनताका सामु दुईवटा कुरा कबुल गरेका थियौ ति के भने स्थीरता र समृद्धि भन्ने नारा लिई जनाका बिचमा गएका थियौ जनताको अपार विश्वासले हामीलाई झण्डै २ तिहाईको मत दिनुभयो म विश्वास दिलाउन चाहन्छु उक्त जनताको विश्वासलाई मर्न दिने छैनौ र फेरी हामी केहि नेताको प्रधानमन्त्रीको कुर्सीका लागी अस्थिरता ल्याएकोले जनताको विचमा आयौ भनेर निवार्चनमा होमिन लागेको ज्ञवालीले बताउनु भयो । 
    मन्त्री ज्ञवालीले देश निर्वाचन केन्द्रित भएकाले आगामी बैशाख १७ र २७ गते सबै दलले भाग लिई जनताबाट नभाग्न समेत अनुरोध गर्नु भएको थियो । धुलिखेल नगरपालिकालाई देशकै नमुना बनाउन लाग्नु भएकोमा सम्पुर्ण टिमलाई ज्ञवालीले धन्यबाद दिनु भएको थियो । कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले देश निर्वाचनमा गएकाले सम्पुर्ण काभ्रेली जनतालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको थियो । हामीले निर्वाचनमा प्रतिबद्धता गरेका विकासका कामहरु केहि सम्पन्न भएका र केहिको जग राखिएकाले त्यसलाई सम्पन्न गराउनका लागी फेरी जिताउनु पर्ने बताउनु भयो । अन्धकारतर्फ जाने की उज्यालो तर्फ जाने जनताले नै रोज्नु पर्ने बास्कोटाले बताउनु भयो । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा खानेपानी लगायतका क्षेत्रमा समृद्ध बनाउँदै अघि बढेको बताउनु भयो । 
     कार्यक्रममा धुलिखेल सेवा श्रीबाट सम्मानित नेपाल सरकारका सचिब गोपिनाथ मैनाली, धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा चौलागाई, धुलिखेल नगर बाल सञ्जालका सह सचिब अध्यक्ष सौरभ धिताल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न विधाबाट सम्मान गरिएको थियो । डा. राजेन्द्र कोजुलाई धुलिखेल रत्न, बद्री बहादुर राईलाई धुलिखेल नक्षत्र, भुवन चौलागाई धुलिखेल प्रज्ञाश्री, गोपिनाथ मैनालीलाई धुलिखेल सेवाश्री, तारानाथ लुईटेललाई धुलिखेल तारा, बेदप्रसाद कोजूलाई धुलिखेल तारा, सेभ द चिल्ड्«ेनलाई धुलिखेल तारा, सरोज प्याकुरेललाई धुलिखेल तारा, ज्योत्सना सैजूलाई धुलिखेल ताराबाट सम्मान गरिएको थियो । शरदचन्द्र थापालाई जनसेवाश्रीबाट र कार्यक्रम अधिकृत विदुर गौतमलाई जनसेवाश्रीबाट सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रभात फेरी गर्नुका साथै विभिन्न प्रकारका प्रर्दशनी समेत गरिएको थियो । कार्यक्रम सामाजिक विकास शाखा अधिकृत विदुर गौतमले संचालन गर्नुभएको थियो ।