2021 January 21/ 11:26: 25am

– नेताहरु जोगाउन दौडधुपमा
    धुलिखेल/नेकपा (प्रचण्ड–माधव नेपाल) समहुका नेता अशोक गौतमले विभिन्न स्थानमा सर्वसाधारण ठगेको समाचार बाहिरिएसँगै उनि बचावटका लागि नेताहरुकोमा हारगुहार गर्न थालेका छन् । तर उनको ठगीको श्रृंखलाको सूची थपिदै गएको छ । 
    आफ्नै वडामा गएको खोलाको वहाव रोक्न तार जाली लगाउँदै गरेको स्थानबाट गौतमले ५ लाख रुपैया चन्दा माग गरेका छन् । भूमिगत समयमा जस्तो ‘चन्दा दिए देउ नत्र....’  भन्दै गौतमले कामको रेखदेख गर्ने विष्णु श्रेष्ठलाई ५ लाख रुपैयाँ माग गरेका थिए । खोलाको बहाव रोक्दा स्थानीयहरुको जग्गा जमिन मात्रै सुरक्षित हुँदैन अन्य पूर्वाधारहरुको समेत संरक्षण हुनेछ । श्रेष्ठले ५ लाख दिन नसक्ने बताए पछि गौतमले कामै रोक्ने चेतावनी दिएका थिए । पछि श्रेष्ठले एक लाख रुपैयाँ दिएर मिलाएको बताईएको छ । गौतम ब्यक्तिको संकटमा मिलाउने धन्दाबाट मात्रै पैसा असुल्ने भन्दा पनि योजानहरुमा समेत सहभागि भई रकम असुल्न लागेको खुलासा भएको छ । यस्तो ठगी अभियानमा संलग्नलाई बचाउन पुर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, गंगाबहादुर दोङ्ग, नेकपा अध्यक्ष रुकु चौलागाई लगायतले पीडितहरुलाई फोन गरेर मिलाईदिन अनुरोध गरेका छन् । गौतमले पैसा लिएको हरेक स्थानमा पीडितहरुले भिडियो, फोटो र कल रेकर्ड राखेकाले उनले हैन भन्न सक्ने आधार कुनै छैन । गौतम विरुद्ध ठगी विरुद्ध उजुरी दिने तयारी गरिएको छ । 
    गत विहिबार समाचार प्रकाशन भएसँगै गौतमले केहि ब्यक्तिहरुलाई फोन गरेर आफु निर्दाेष रहेकाले पत्रकार सम्मेलन गरेर जानकारी गराउने उद्घोष गरे । तर पैसा बुझाएको सप्रमाण तस्विर सहितको घटनालाई उनले नजर अन्दाज गरे । अनि केहि महिना अघि मात्रै मृत्यु भएका उनका सहकर्मी उज्वल तामाङलाई जोडेर सबै उसैले गरेको हो समेत भन्न भ्याए । उज्वलले पैसा लिएको नभई माध्यम मात्रै बनेको अस्पतालको शैयाबाट बताएका थिए । कटुञ्जेकै इन्द्रबहादुर लामा र उनको परिवारसँग गौतम सहितका ब्यक्तिहरुले पटक पटक ठगी गरेका थिए । सत्ता नेकपाकै छ, आफै गृहमन्त्रीको पिए हुँ भन्दै ठगी गरेका गौतमका पक्षमा शशस्त्र युद्धमा ‘पैसा र यौन’ काण्डमा लिप्त भई कारवाहीमा परेकाहरु वकालत गरिरहेका छन् । 
    वा ५ क ५३४३ नम्वरको टिपरले भक्तपुरको राधेराधे नजिकै मोटरसाईकललाई ठक्कर दिएको थियो । २०७६ बैशाख १५ गते साँझ भएको उक्त घटनामा मोटरसाईकलमा सवार एक ब्यक्तिको निधन भयो । १८ महिना अघि भएको उक्त घटनामा संलग्न भनिएका सह चालक मेग लामा र चालक टलक राना मगर जेलमा छन् । सह चालक मेग लामाको सवारी अनुमति पत्र छैन । सोहि समयमा मेग लामाले टिपर चलाएका थिए । तर लाईसेन्स नभएकाले टलकबहादुर मगर पनि सँगै भएकाले उनले चलाएको भन्दै प्रहरीमा बयान दिएको अभियोगमा प्रहरीले झुटो बयान दिएको आरोपमा टिपर मालिक इन्द्रबहादुर लामा सहित तीनै जनालाई पक्राउ गरी थुन्यो । टिपरका मालिक नै थुनामा परेपछि निकाल्न भन्दै नेकपाका जिल्ला सदस्यद्धय अशोक गौतम र उज्वल लामा मार्फत भक्तपुर जिल्ला प्रहरी कार्यालय अन्र्तगत ठिमी बृत्तमा पुगेर प्रहरीलाई भेटी १५ लाख रुपैया दिए दुई सातामा निकाल्ने गौतमले आश्वासन दिएका थिए । 
    रोशी गाउँपालिकाको वडा सदस्य इन्द्रमाया तामाङ सहितले इन्द्रबहादुरको श्रीमतीको उपस्थितीमा अशोक गौतमलाई बानेश्वरको होटलमा पहिलो किस्ता ३ लाख बुझाएका थिए । रकम बुझाएको भिडियो र अडियो, तस्विर सार्वजनिक गरिएको छ । मृतक परिवारलाई इन्द्रबहादुरले क्षतिपूर्ति बापत साँढे १३ लाख रुपैयाँ बुझाई सकेका थिए । तर जेलमा परेका चालक, सह चालक र स्वंय इन्द्रबहादुरलाई छुटाउन न्यायाधिश, वकिल र प्रहरीलाई पैसा बुझाउनु पर्छ भन्दै गौतमले पटक पटक रकम बुझाए । इन्द्रबहादुर अभद्र ब्यवहारमा २५ दिन पछि रिहा हुँदा गौतमले पुनः २ लाख रकम लिए । मेग लामाका बाबु चन्द्रबहादुर लामा मार्फत कसैलाई नभन्ने शर्तमा अशोक गौतमले घरमै गएर थप डेड लाख रुपैया लिए । पैसा लाखौ खर्च भयो तर मेग र टलकबहादुर छुटेनन् । पुर्पक्षका लागि जेल गए पछि अशोक र उज्वलले लिएको पैसा फिर्ता भएन । सोहि घटनामा गौतम र लामाले ८ लाख रुपैया लिए तर काम भएन । लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । पुनरावेदनको न्यायाधिशका लागि भनेर गौतमले पुनः २ लाख रुपैया माग गरेका थिए । गौतम र लामा पुर्व माओवादी हुन् । यस अघि गौतमले लागु औषध अभियोगमा जेल परेका धनुषाका युवकको परिवारसँग ८ लाख, शिक्षक स्थायी बनाउछु भन्दै ५० हजार रकम लिएका थिए । तर काम कुनै भएको थिएन । 
    वडा सदस्य इन्द्रमाया तामाङ सहितको उपस्थितीमा गौतमले लिएको पैसा फिर्ता गर्ने बताएका छन् । टेलिफोन सम्पर्कमा गौतमले ढिलै भए पनि तपाई मार्फत लिएको पैसा फिर्ता गर्छु, केहि त खर्च पनि भयो अरु त मैले लिएको छैन थाहा छैन भनेको इन्द्रमायाले बताउनु भयो । ‘पैसा म आफै उपस्थित भएर ५ लाख बुझाएको थिएँ, तस्विरमा म आफैले पैसा खाएको जस्तो देखियो’–इन्द्रमायाले भन्नुभयो–‘ठगी गरेका गौतमलाई तत्काल पैसा फिर्ता गरी मेरो समेत नाम जोडिएकाले विषय टुङ्गयाउन भनेको छु, उहाँले समयमै गर्नु भएन भने त्यसको लागि थप कदम चाल्नेछु ।’ गौतमले इन्द्रमायाको उपस्थितीमा दुई पटक गरी बुझाएको ५ लाख रुपैया फिर्ता गर्ने बताएका छन् । गौतमको पेशा नै ठगी भए पछि स्थानीयहरुले प्रहरीलाई गौतमबाट ठगिएकाहरुलाई न्याय दिन अनुरोध गरेका छन् । गौतमले भने ‘उहाँहरुको पैसा खर्च भएको हो, वकिलहरुलाई बुभाएका छौं आफुले खाएका छैनौ । प्रतिशोधका रुपमा मलाई फसाउने षड्यन्त्र भएको छ ।’ यस अघि गौतमको नेतृत्वमा सडकमा विछ्याउने फाईबर चोरीको अभियोग लागेको थियो । मंगलटार लैजानु पर्ने फाईबरको तार सिपाली पु¥याईएको थियो ।