2021 January 21/ 11:56: 44am

    धुलिखेल/राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार अन्र्तगत भवन मार्फत स्थानीय तहमा खटिएका निजी आवास पुनर्निर्माण प्राविधिक, सामाजिक परिचालक, घुम्ती डकर्मी सहितको समन्वयमा २०७८ असार २० गतेसम्म सम्पन्न गर्ने गरी कार्ययोजना तयार गरेको छ । 
    जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख सच्युतराज उप्रेतीले कार्ययोजना जिल्लाका सबै पालिकाहरुमा पठाईएको बताउनु भयो । कार्ययोजना अनुसार २०७७ पौष १५ भित्र स्थानीय वडामा खटिएको टोलीले रातो किताब संकलन गरी पठाउने निर्देशन थियो । सोहि निर्देशन र कार्ययोजना अनुसार रातो किताब संकलन गरिएको उप्रेतिले जानकारी दिनु भयो । पौष १२ गतेसम्म स्थानीय तहले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहिहरुको २०७७ मसिंर मसान्तसम्म अनुदान सम्झौता भएका लाभग्राहीहरुको पहिलो किस्ता भुक्तानीका लागि सम्झौता पत्र स्थानीय तह वडा कार्यालयले पठाउने कार्य सम्पन्न भएको छ । जिल्ला कार्यालयले अनुदान सम्झौता अनुसारका लाभग्राहीहरुको निकासा दिएको प्रमुख सच्युतराज उप्रेतिले जानकारी दिनुभयो । २०७७ माघ ३० गतेसम्म पहिलो किस्ता लिएका सबै पुनर्निर्माण लाभग्राहीहरुबाट निजी आवास पुनर्निर्माणको दोश्रो किस्ता रकम भुक्तानीका लागि प्रमाणीकरण गर्न निवेदन लिने कार्ययोजनामा रहेको छ । कार्ययोजना विपरित पुनर्निर्माणको कार्य हुने छैन । फागुन १५ गतेसम्म दोश्रो किस्ताका लागि प्रमाणीकरण गरी वडा कार्यालयबाट खटाईएका प्राविधिकहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने, फागुन २९ गतेसम्म भुक्तानीका लागि प्रमाणित फाराम जिल्ला आयोजना कार्यान्वयन कार्यालयमा पठाउने, २०७७ चैत्र ३१ गतेसम्म दोश्रो किस्ता निकासा दिने कार्ययोजना तयार गरिएको उप्रेतिले बताउनु भयो । 
    त्यस्तै २०७८ बैशाख ३१ गतेसम्म पुनर्निर्माण तथा प्रवलीकरणकोको सम्पूर्ण कार्य सम्पनन गरी तेश्रो किस्ताका लागि पठाउने र जेठ १५ गते तेश्रो तथा अन्तिम किस्ताका लागि प्रमाणीत गरी आयोजना कार्यालयमा पठाउने कार्ययोजनामा रहेको छ । जेठ ३० गतेसम्म प्राप्त प्रमाणीत फारामहरु असार २० गते भित्र भुक्तानी दिई पुनर्निर्माणको काम विधिवत रुपमा सम्पन्न गर्ने गरी कार्ययोजना सबै पालिकाहरुमा पठाईएको छ ।