2021 January 21/ 09:54: 56am

    बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–५, काभे्रको २५ औँ वार्षिक साधारण सभा संस्थाको आफ्नै भवन बनेपा–५ मा एक कार्यक्रमका विच सम्पन्न भएको छ  । 
सहकारीको साधारण सभाबाट पुन आगामी ४ वर्षको लागि बालकृष्ण दाहाल अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, सचिव होमनाथ ढुंगेल, कोषाध्यक्ष विदुर प्रसाद घिमिरे, सह–सचिव विकास शर्मा तिमल्सिना, सदस्यहरुमा गोपाल प्रसाद तिमल्सिना, चतुर्भुज तिमल्सिना, शम्भु प्रसाद घिमिरे, चुणमणि दाहाल, गिता सापकोटा, भिम प्रसाद आचार्य, मुक्तिनाथ तिमल्सिना, शान्तप्रसाद तिमल्सिना, दामोदर दाहाल र लक्ष्मण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा लेखा समिति संयोजक मोट प्रसाद सापकोटा, सदस्यमा भिम प्रसाद सापकोटा, र नम्रता थापा रहनु भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि तरकारी फलफुल उत्पादक केन्द्रीय सहकारी संघका केन्द्रीय अध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली रहनु भएको थियो । त्यसै गरी कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राजकुमार हुमागाँई, निर्वाचन उप–समितिका संयोजक बुद्धरत्न मानन्धर, सदस्यहरु छविलाल दाहाल, पूर्णचन्द्र सिग्देल लगायतको सहभागिता रहेको थियो । साधारण सभा सहकारी बिभागको महामारिमा साधारण सभा सञ्चालन गर्ने मार्गदर्शन अनुसार पौष १ गतेदेखी १५ गते सम्म संस्थाका कार्यालयहरुमा तथा बेथानचोकको ढुंखर्कमा समेत शेयर सदस्यलाई उपस्थित गराई साधारण सभाको कार्यक्रममा सहभागि गराईएको थियो ।  कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक प्रतिबेदन सचिब होमनाथ ढुङ्गेल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले सभामा प्रस्तुत गर्नु भएको थियो । 
सभामा लेखा तथा सुपरिबेक्षण समितीको प्रतिवेदन संयोजक मोट प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । संस्थाकोे एकीकृत वासलात १ अर्व चालिस करोड, शेयर पूँजी १६ करोड ६५ लाख, जगेडा कोष ६ करोड १८ लाख, अन्य कोष ३ करोड, कुल निक्षेप संकलन १ अर्व १० करोड, कुल ऋण लगानी १ अर्व १४ करोड रहेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष बालकृष्ण दाहालले संस्था एकीकरणबाट उदाहरणिय बन्न सफल भएको र आगामी दिनमा संस्था एकीकरणको कार्यलाई थप प्रभावकारी बनाउदै हाल पाँच ठाँउमा सेवा कार्यालय रहि सदस्यलाई सेवा प्रदान गरिएकोमा थप सेवा केन्द्र विस्तार गरेर सदस्यलाई सेवा प्रदान गर्ने बताउनु भयो । वार्षिक साधारण सभाको सञ्चालन संस्थाका उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका सचिव होमनाथ ढुंगेलले गर्नुभएको थियो । 
कार्यक्रम संस्थाका  अध्यक्ष बालकृष्ण दाहाल सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले ४ वटा सहकारी एकिकरण भएपछि संस्थाको कार्यक्षेत्र विस्तार गरी सेवा केन्द्र समेत थपिएको बताउनु भयो । सहकारीले सदस्यहरुको मागलाई ध्यानमा राखी सदस्यहरुको हितमा लागनी गरेको बताउनु भयो । सदस्यहरुको आयस्तर उकास्नका लागी सामुहिक लगानी, आधुनिक कृषि पेशामा लागनी बढाउदै गएको दाहालले बताउनु भयो ।