2020 November 30/ 11:08: 11am

    धुलिखेल/धुलिखेलको शहरीकरण, पर्यावरण र खानेपानी व्यवस्थापनको बिषयमा बिगत ७ बर्षमा गरेका अध्ययनहरु र त्यसले पु¥याएको योगदानको  समिक्षा र भावी सम्भावनाहरुको बिषयमा छलफल गरिएको छ ।
    नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न छलफलमा धुलिखेल नगरपालिका क्षेत्र भित्र बढिरहेको शहरीकरण, शहरीकरणसँगै त्यसको पर्यावरण र खानेपानीका सम्वन्धमा भएका अध्ययन र नगरपालिकाले गरिरहेका योजनाहरुका बारेमा छलफल भएको थियो । दिगो विकासका लागि नगरपालिकाले एक घर एक घारा कार्यक्रम अन्र्तगत नेपालकै नमुना खानेपानी पहिलो पटक धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छाँगे र वडा नम्वर ११ पातलेखेतमा शुरुवात गरिएको थियो । सियास नेपालले गरेको अध्ययन पछिको प्राप्त निश्कर्षहरुलाई नगरपालिकाले कार्यान्वयन गर्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । 
    धुलिखेलमा खानेपानीको दिगो ब्यवस्थापन हुँदा शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा थप टेवा पुगेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । काठमाडौ विश्वविद्यालय, धुलिखेल अस्पताल, होटल तथा पर्यटकहरुको आगमन बृद्धी, ब्यवस्थित शहरीकरण गरिएको छ । अध्ययनबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै लगिने नगरप्रमुख ब्याञ्जुले बताउनु भयो । नगरपालिकाले ब्यवस्थित शहरका लागि टाउन प्लानिङ्ग, पार्कहरुको निर्माण, बालमैत्री वडाहरुको विकास, विद्यालय तथा अन्य भौतिक संरचनाहरुको निमार्ण तथा पुनर्निमाण गरिरहेको छ । नगरपालिकाले खानेपानी सम्मेलनको आयोजना गरी तत्काल र दिर्घकालिन रुपमा गर्ने योजनाका बारेमा योजना बनाई कार्यान्वयन पनि गरिरहेको छ । कृषिलाई पर्यटनसँग जोड्दै नागरिकहरुको आय स्तर बृद्धी गर्ने, रोजगारको अवसर सिर्जना गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।