2020 November 30/ 10:05: 12am

    धुलिखेल/कोरोना भाईरसका कारण अधिकांश स्थानमा तिहारको रमझम सुनसान झै भयो । मसिंर महिनाको एक गते परेको तिहारका बारेमा धेरैले शुभ असुभ भनेर चर्चा गरे । विभिन्न समुदायहरुले मनाउने तिहार, नेपाल सम्वत तथा म्ह पूजाका बारेमा टिका टिप्पणी भए । समुदाय स्तरमा फैलिसकेको कोरोना भाईरसले रमझमकै बेला फैलाउन सक्ने जोखिमलाई भने अधिकांशले अटेर गरेका छन् । 
    दशैका कारण संक्रमणको दर बढिरहेको छ । तिहार, छठ पर्वहरु मार्फत संत्र    mमण दर फैलन नपाओस भन्ने सचेतना अपनाउँदा अपनाउँदै पर्वहरुको रमझमले सम्भव हुन सक्दैन । विगतका बर्षहरुको जस्तो उल्लास, तिहारको रमझम यो वर्ष हुन सकेन । नागरिकहरुलाई रमझम भन्दा पनि स्वास्थ्य प्रति सचेत रहन अनुरोध भएकाले पनि स्वास्थ्य प्रति संवेदनशिल हुन नागरिकहरु भिडभाड गरेर गाउँ फर्किएनन । बजारमा देखिएको रमझम र चहलपहलले कोरोना भाईरस सबैको घरघरमा पुगिसकेको छ । 
    प्रहरीको सक्रियताले यो वर्ष जुवातासका घटना शुन्य प्राय भएका छन् । मनोरञ्जनका  लागि खेलिने साना साना खालहरु यो वर्ष पनि भए । तर लाखौको कारोवार गरी जुवाका खालहरु नभएको प्रहरीले जानकारी दिएको छ । हरेक वर्षको तिहारमा प्रहरीले विभिन्न स्थानबाट जुवाखालबाट नागरिकहरु पक्राउ गरी ल्याउने गरेको थियो । कोरोना कहरका बीच नागरिकहरुको जमघट पनि कम भएको, भएको स्थानमा पनि जुवातासका खालहरु नभएको प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिनु भयो । प्रहरीले जिल्लाका सबै युनिटहरु मार्फत समुदायमा हुन सक्ने सम्भावित जुवाखालहरुको  निगरानी गर्न र खेलेको पाईएमा तत्काल पक्राउ गरी ल्याउन निर्देशन दिएको थियो । प्रहरीको गस्ति, कोरोना भाईरस, नागरिकहरुको आम्दानीका हिसावले पनि विगतमा जस्तो उल्लास नभएकाले जुवा तासका खेलहरु देखिनेगरी नभएको हुन सक्ने बताईएको छ ।