2020 November 30/ 10:29: 46am

१३६० नविकरण, ४३ वटा खारेज, १ करोड ७९ लाख राजश्व संकलन

    धुलिखेल/आर्थिक वर्ष २०७६/०७७ मा १ हजार १ सय ४८ वटा उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा विभिन्न प्रकृृतिका उद्योगहरु दर्ता भएका छन् । उत्पादनमुलक, कृषि तथा वन, उर्जामुलक, खनिज जन्य, निर्माण, पर्यटन, सेवामुलक, विज्ञान तथा प्रविधि सम्वन्धीका उद्योगहरु कार्यालयमा दर्ता गर्न सकिन्छ । जस मध्ये उर्जामुलक, खनिजजन्य, निर्माणसँग सम्वन्धित उद्योगहरु कार्यालयमा दर्ता भएका छैनन । सबैभन्दा भन्दा कम विज्ञान तथा सूचना प्रविधि उद्योग ५ वटा दर्ता भएका छन् । 
    उत्पादनमुलक क्षेत्रमा साना उद्योगका रुपमा ब्यक्तिगत तर्फ ७१ वटा उद्योग दर्ता भएका छन् भने प्रालितर्फ १४ र सामुहिक फर्मका रुपमा ९ वटा गरी ९४ वटा दर्ता भएका छन् । उद्योगमा साना उद्योग, घरेलु उद्योग र लघु उद्यम अन्र्तगत ब्यक्तिगत, सामुहिक र प्रालिमा उद्योग दर्ता गर्न सकिने ब्यवस्था छ । कृषि तथा वन तर्फ १० वटा लघु उद्यम दर्ता भएका छन् । साना उद्योग तर्फ ५ सय २ वटा उद्योग ब्यक्तिगत तर्फ दर्ता भएका छन् । त्यस्तै ३६ वटा सामुहिक तर्फ र २६ वटा प्राली तर्फ दर्ता भएका छन् । ५ सय ७४ वटा उद्योग कृषि तथा वन तर्फ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिनु भयो । एक आर्थिक वर्षको उद्योग दर्ताका आधारमा नेपालमै श्रम तथा रोजगारका क्षेत्रमा नागरिकहरु सक्रिय हुन थालेको देखाउँछ । बागमती प्रदेश सरकारले विगत वर्षहरुमा विभिन्न कारणबाट नविकरण हुन नसकेका उद्योगहरुलाई प्रकृया पु¥याएर नविकरण तथा नामसारी गर्न खुल्ला गर्ने निर्णयले नयाँ दर्ता र नविकरणको संख्या बराबरी जस्तै हुन थालेको छ । 
    पर्यटन तर्फ लुघ उद्यममा एउटा उद्योग ब्यक्तिगत तर्फ दर्ता भएको छ । साना उद्योग तर्फ १ सय ७९ वटा ब्यक्तिगत उद्योग दर्ता भएका छन् भने १० वटा सामुहिक र ५ वटा प्राली तर्फ गरी १ सय ९५ वटा उद्योग दर्ता भएका छन् । लकडाउनका बीचमा खासै काम नभए पनि पर्यटन वर्ष २०२० लाई लक्षित गरी पर्यटनसँग सम्वन्तिधत रहेर उद्योगहरु दर्ता भएका थिए । कोरोना भाईरसका कारण उद्योगहरु दर्ता हुने क्रम मात्रै रोकिएको छैन भएका उद्योगहरु पनि संचालनमा आउन सकेका छैनन् । सेवामुलक उद्योग तर्फ लघु उद्यममा ब्यक्तिगत तर्फ ६ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगमा ब्यक्तिगत २ सय ३६ वटा, सामुहिक १२ वटा र प्राली २६ वटा गरी २ सय ८० वटा उद्योग दर्ता भएका छन । लघु उद्यम तर्फ जम्मा १७ वटा, साना उद्योग तर्फ ब्यक्तिगत उद्योग ९ सय ९२ वटा, सामुहिक ६८ र प्राली तर्फ ७१ गरी जिल्लामा एक वर्षको अवधीमा १ हजार १ सय ४८ वटा उद्योग दर्ता भएका हुन् । चैत्र देखि कार्यालय बन्द भएकाले ८ महिनामा उद्योग दर्ताको तथ्याङ्कले नागरिकहरुमा उत्साह भरिएको देखिन्छ । 
    सोहि आर्थिक वर्षमा उत्पादनमुलक तर्फ ६१ वटा, कृषि तथा वन तर्फ २ सय २८ वटा, पर्यटन तर्फ २ सय ३५ वटा, सेवामुलक १ सय ५८ गरी ६ सय ८२ वटा उद्योग नविकरण भएका छन् । लघु उद्यम तर्फ ५ वटा, साना उद्योग तर्फ ब्यक्तिगत उद्योग ६ सय १४ वटा, सामुहिक उद्योग ६३ वटा गरी ६ सय ८२ वटा उद्योग नविकरण भएको उद्योग कार्यालय काभ्रेका प्रमुख पु्डासैनीले जानकारी दिनु भयो । बाणिज्य तर्फ १ हजार ९९ वटा फर्म दर्ता भएका छन् । जसबाट कार्यालयले ४३ लाख ७२ हजार ५ सय राजश्व संकलन गरेको छ । ६ सय ७८ वटा नविकरण गरी १७ लाख ९३ हजार ९ सय राजश्व संकलन गरेको छ । शंशोधन २ सय ७७ वटा, खारेज ४३ वटा, अन्य ६८ वटा गरी २ हजार १ सय ६५ वटा फर्मबाट ७२ लाख ३ हजार ९ सय राजश्व संकलन गरेको छ । कार्यालयले उद्योग तर्फ १ करोड ७ लाख ८७ हजार २ सय ४५, बाणिज्य तर्फ ७२ लाख ३ हजार ९ सय गरी १ करोड ७९ लाख ९१ हजार १ सय ४५ रुपैया राजश्व संकलन गरेको छ । चालु वर्षको तीन महिनामा पनि कार्यालयले उल्लेख्य रुपमा राजश्व संकलन गरिरहेको छ । 
    कार्यालय प्रमुख पुडासैनीले घरेलु तथा साना उद्योग कार्यालय मार्फत नागरिकहरुलाई आफ्नो राज्य छ भन्ने अनुभत गराउन सफल भई प्रबिधि हस्तान्तरण उद्योग स्थल सम्म पु¥याउन सफल एको बताउनु भयो । कार्यालयबाट एक घन्टा भित्र सेवा प्रदान गर्ने, स्तनपान कक्षको ब्यबस्था, उद्योग ब्यबसाय दर्ता गरी कर तिर्न आएका उद्यमी ब्यबसाहरुलाई सम्मान पुर्बक राखी एक घन्टामा कार्य गरी उद्योग खोल्न खुलाउन उत्प्रेरित गरिएको प्रमुख पुडासैनीले बताउनु भयो । कार्यालय मार्फत दिगो उद्यम तथा सामाजिक विकास अन्र्तगत गरिवी निवारणका लागी लघुु उद्यम विकास कार्यक्रम कार्यान्वयन भईरहेको छ । जसमा नागरिकहरुलाई अभिमुखिकरण, घरधुरी सर्भेक्षण, सम्भाब्य उद्यमी छनौट, उद्यमशिलता विकास तालिम, प्राविधिक सिप विकास तालिम र प्रविधि हस्तान्तरण गरिएको छ । दिगो उद्यम तथा सामाजिक विकास केन्द्र (सेस्डेक) मार्फत वनेपा, पनौति, मण्डनदेउपुर, नगरपालिका, रोशि, महाभारत, वेथानचोक र खानीखोला गाउँपालिका छनौट भएका थिए । त्यस्तै नेपाल युवा विकास मन्च मार्फत धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, नमोवुद्ध नगरपालिका, तेमाल गांउपालिका, चौरिदेउराली गांउपालिका, भुम्लु गाउँपालिकामा कार्यक्रम संचालन गरिएको थियो । 
    आयआर्जन तथा रोजगारीका दृष्टिले घरेलु तथा साना एवं लघु उद्यमहरुको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यस प्रकारका उद्यमहरुका कानुनी प्रत्याभुती छिटो, छरितो, सुविधाजनक रुपमा सम्पादन गर्ने एवं सीप विकास, नयाँ प्रविधि,सूचना प्रवाह, एवं परामर्शको माध्यमबाट यिनीहरुको विकासमा टेवा पु¥याउने कार्य गर्नुका साथै स्थानिय श्रोत साधन एवं श्रम बजारमा आधारिति रहेर विपन्न, पिछडिएका एवं वेरोजगार व्यक्तिहरुलाई सीप विकास तालिमको माध्यमबाट रोजगारीका अवसरहरु प्रदान गरी आयआर्जन गर्न सक्षम बनाउने उदेश्यका साथ घरेलु तथा साना उद्योग कार्यालयले कार्य गरिरहेको पुडासैनीले बताउनु भयो । जिल्लामा २०२४ साल देखि उक्त कार्यालये सेवा दिदै आएको छ । कार्यालयले नागरिकहरुका लागि लघु घरेलु तथा साना उद्योगको दर्ता, नविकरण खारेजी , नामसारी आदि उद्योग प्रशासनको काम, जिल्ला भित्रका व्यापार व्यवसायको दतार्, नविकरण ,खारेजी नामसारी आदि वाणिज्य प्रशासासनको काम, जिल्ला अनुगमन समिति तथा आपुर्ति व्यवस्थापन विभाग संग समन्वय गरी बजार अनुगमन सम्बन्धी काम, लघु, घरेलु तथा साना उद्योग संग सम्बन्धित उद्यम विकास कार्यक्रम उद्योग प्रवद्र्धन संग सम्बन्धित विभिन्न किसिमका सीपमुलुकक तालिम कार्यक्रम सञ्चालन, उद्योगलाई आवश्यक उपयुक्त प्रविधि (मेशिन औजार ) वितरण, गरिवि निवारणको निमित्त लघु उद्यम विकास कार्यक्रम । संचालन गर्दै आएको छ । त्यस्तै उद्योग, बाणिज्य, ब्यापार ब्ययबसायका नियमित रुपमा बजार अनुगमन, गरिवि निवारणका लागी लघुु उद्यम विकास कार्यक्रम,  अभिमुखिकरण कार्यक्रम, गाँउ तथा नगर उद्यम बिकास समिती गठन गर्ने कार्यक्रम सञ्चालनमा सहजीकरण तथा, अनुगमन निरिक्षण, संबिधान दिबस दिबसको अबसरमा,उद्यमीहरुबाट उत्पादित सामाग्रीको प्रदर्शनी, काभ्रे उद्योग बाण्ज्यि संघ,नेपाल घरेलु तथा साना उद्योग महासंघ,लघु उद्यमी समुह संघ  अन्य बिभिन्न सरोकारवाला संघ संस्था,उद्यमी व्यवसायी, बिभिन्न ब्यक्तिहरुको उपस्थितीमा उद्योग दिबस मनाईएको र व्यापार तथा व्यवसाय प्रबद्धनका लागी दोलालघाट उद्योग बाणिज्य संघको समन्वयमा भुम्लु गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको प्रमुख पुडासैनीले जानकारी दिनु भयो ।