2024 March 29/ 03:52: 40pm

बनेपा/बनेपा नगरपालिकाले अरनिको राजमार्गको बनेपा खण्ड सुन्दर बनाउन शुरु गरेको छ । यस अघि पटक पटक ब्यवस्थापन र सरसफाई गरे पनि स्थायी संरचना निर्माण हुन नसक्दा अब्यवस्थित जस्तो देखिएको थियो । स्थायी संरचना निमार्णका लागि ब्यवस्थित बनाउने अभियान शुरु भएको छ । 
पहिलो चरणमा पुण्यमाता खोला देखि पूर्व बुडोल चोक ब्यबस्थित बनाउने काम शुरु भएको छ । 
‘बनेपा नगरपालिकालाई सुन्दर बनाउनु हामी सबै नगरवासीको दायित्व हो’– नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो – ‘सडक सीमा भित्र हुने अव्यवस्थाले शहरी सुन्दरतामा ह्रास आउनुका साथै समय समयमा गम्भीर दुर्घटनाहरु पनि हुने गरेका छन् ।’ उक्त मार्गलाई सुधार गर्न बनेपा नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरसँगको सहकार्यमा पहिलो चरणमा अरनिको राजमार्ग बनेपा खण्ड अन्तर्गत पुण्यमाता खोला देखि पूर्व बुडोल चोकसम्मको क्षेत्रलाई व्यवस्थित गर्न लागिएको नगर प्रमुख बादेले बताउनु भयो । त्यसैगरी उपप्रमुख रेखा सापकोटा दाहालले नगरले सडकको दायाँ बायाँ ब्यबस्थित गरी भएका विरुवा संरक्षण गर्ने र नभएको ठाउँमा बृक्षारोपण गर्ने बताउनु भयो । दाहालले नगरको सौन्दर्य बढाउनु सबै नागरिकको दायित्व भएकाले नगरपालिका मात्रैले केहि गर्न नसकिने हुनाले सबै नगरबासीहरुले साथ दिनु पर्ने बताउनु भयो । 
पटक पटक नगरबासीहरुलाई अनुरोध गरे पनि यो अन्तिम समय दिएको छ । उक्त समय पश्चात पनि अटेर गरेमा नगरपालिकाको कानून बमेजिम कार्वाहि हुने प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतिले बताउनु भयो । नगरपालिकाले तोकिएको सडक सीमा भित्र रहेका भौतिक संरचना (घर÷टहरा), निर्माण सामाग्री तथा व्यापारिक वस्तु सार्ने हटाउन र तोकिएको सडक सीमा भित्रको फुटपाथमा कुनै पसल व्यवसाय सञ्चालन नगर्ने तथा निर्माण समाग्री वा व्यापारिक वस्तु नराख्न, सडक सीमा भित्र अव्यवस्थित रुपमा सवारी पार्किङ नगरी सार्वजनिक सवारी साधन बसपार्कमा स–शुल्क पार्किङ गर्ने र निजी सवारी साधनहरु स्वयम पार्किङको व्यवस्था मिलाउन र राजमार्ग दायाँ वायाँको सर्भिस रोडमा कुनैपनि किसिमका सवारी पार्किङ नगर्ने सुचना जारी गरिसकेको उप्रेतीले वताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतीले कानुन बमोजिम नगरिएमा सूचनाको म्याद भुक्तान भए पछि नगरपालिका स्वयमले सडक सीमा खाली गराई भएको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गराइने व्यहोरा समेत बताउनु भयो ।