2020 May 31/ 07:26: 54pm

धुलिखेल/कोरोना संक्रमणको महामारी विश्वभरी फैलिएसँगै नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी “कार्यविधि २०७६” तय गरेको छ । सोही कार्यविधि अनुसार पहिलो मृतक सुत्केरी महिलाको शव धुलिखेल अस्पतालबाट साँझ ७ बजेर ५० मिनेट जाँदा उठाएको छ ।
कार्यविधि अनुसार नै मृतकको शव व्यवस्थापनमा विशेष सावधानी अपनाई शव अस्पतालबाट उठाई पशुपति स्थित इलेक्ट्रोनिक शव दाहगृह लगियो ।  कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई अन्य रोगले मृत्यु भएकाको जस्तो परम्परागत रुपमा परिवारले शव बुझ्ने, दाहसँस्कार गर्ने गर्न मिल्दैन । संक्रमण नफैलियोस् भन्नका लागि मृतकलाई सकेसम्म छिटो भन्दा छिटो अन्त्यष्टि गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले औंल्याएको छ । यस्तो अवस्थामा परिवारले अन्तिम संंस्कार गर्न मिल्दैन र सरकारले पनि विश्व स्वास्थ्य संगठनले तोकेको नियम पालना गरि अन्त्येष्टि गर्नुपर्ने हुन्छ । 
विश्व स्वास्थ्य संगठनको गाईड लाईनकै आधारमा नेपाल सरकारले तयार पारेको कार्यविधि अनुसार शव वाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षा कवच पीपीई लगाएका थिए । मृतकका श्रीमानले एकमिटर टाढैबाट शवलाई नियालेका थिए । अस्पताल आउँदासँगै आए अन्तिम बिदाईमा एकमिटरको दूरी कायम गरे । यदि उनी ६० बर्ष नाघेका व्यक्ति थिए भने एकमिटरको दूरीमा पनि बस्न नियमले मिल्दैन थियो ।