2020 May 31/ 08:12: 56pm

धुलिखेल/कोरोना संक्रमणका कारण मृत्यु भएकी पहिलो महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीया ११ दिनकी सुत्केरीको शिशु सहित अन्य परिवारका सदस्यलाई कोरोना नभएको पुष्टि भएको छ । नेपालमा अर्का एक युवकको आईतबार क्वारेन्टाईनमा निधन भएको थियो । कोरोनाले ज्यान लिन थालेपछि स्थानीय स्तरमा उच्च सतर्कता अपनाईएको छ । 
मृतक महिलालाई बिहिवार राती जटिल अवस्थामा काठमाडौ विश्व विद्यालय शिक्षण अस्पताल धुलिखेल ल्याईएको थियो । अस्पतालले उपचारको थालनी गर्दा गर्दै उनको मृत्यु भएको थियो । मृत्युको कारण कोरोना भएको अस्पतालले शनिबार राति मात्रै जानकारी गराएको थियो । संक्रमण बढ्दै जाँदा क्वारेन्टाईन, आईसोलेसन, उपचार, उद्धार र सम्पर्क ब्यक्तिको पहिचान समयमै गर्न सकिएन भने महामारीले विकराल रुप लिने निश्चित देखिएको छ । युवकको क्वारेन्टाईनमा उपचार नहुँदै निधन भएको थियो । 
मृतक महिला सामान्य परिवारकी हुन् । २०७७ बैशाख २३ गते काठमाडौं स्थित टोखाबाट सुत्केरी ब्यथा लागे पछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो । एक महिना अगावै उनले सामान्य रुपमै बैशाख २४ गते छोराको जन्म दिएकी थिईन् । २५ गते मात्रै उनिहरु राम्चे पुगेका थिए । मृतकको पीसीआर परिक्षण रिपोर्ट धुलिखेल अस्पतालमा पोजेटिभ आएको र पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । 
    परिवारले धुलिखेल अस्पताललाई दिएको जानकारी अनुसार २५ गते त्रिवि शिक्षण अस्पतालले सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरि घर फर्काएको थियो । घरमा पुगे देखि नै  सुत्केरी महिलालाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्या बढे पछि जेठ १ गते स्थानीय प्राथमिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भए पछि भन्दै काठमाडौ लैजान भनेको थियो । घर परिवारले अस्पताल नलगी घरमा पु¥याएको थियो । महिलाको पहिलो सन्तान घरमै छन् । शिशुको अवस्था सामान्य छ । सबैको परिक्षणमा कोरोना नदेखिए पछि उनिहरुलाई क्वारेन्टाईनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेर अस्पताल तथा चिकित्सक, सुरक्षा निकाय, जिल्ला स्वास्थ्य कार्यालय लगायतको टोलीसँग छलफल गरि कोरोना संक्रमणका कारण मृत्यु भएकी सुत्केरी महिलाको पशुपति स्थित इलेक्ट्रोनिक शबदाह गृहमा अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । जिल्लाबाट शव पशुपति लगिएको थियो । 
मृतकका श्रीमान्, आमा, भाई र बैनी र बच्चाको परिक्षणका लागि स्वाब संकलन गरी परिक्षण गरिएको थियो । कोरोनाले ज्यान लिन थालेपछि स्थानीय स्तरमा उच्च सतर्कता अपनाईएको छ । जिल्लामा शव बाहनको तयारी गरिएको छ भने अन्त्येष्टि गर्ने स्थानको पनि ब्यवस्थापन गरेको छ । जिल्लाको कोभिड १९ रोकथाम, नियन्त्रण, ब्यवस्थापन गर्न गठित कमाण्ड पोष्टले तिब्र रुपमा कार्य गरिरहेको छ ।