2020 August 11/ 07:29: 33am

धुलिखेल/विश्वब्यापी संकट निम्त्याउने भाईरस कोरोनाबाट बच्न र विरामी भए तत्काल उपचारका लागि धुलिखेल अस्पतालले तयारी गरेको छ । तयारीका बारेमा जानकारी दिदै अस्पतालका प्रशासिकय प्रमुख डा. रमेश माकजुले कोरोना भाईरस भएको पत्ता लगाउन वा त्यस्ता विरामी आएमा अलग्गै राखेर उपचार गराउन स्वास्थ्यकर्मीहरुलाई ‘हाई अलर्ट’ राखिएको बताउनु भयो ।
धुलिखेल अस्पतालले उक्त रोगका विरामी आएको अवस्थामा उपचार गर्न स्वास्थ्यकर्मी सहित ब्यवस्थापकीय टिमको समेत गठन गरेको डा. माकजुले जानकारी दिनुभयो । ‘ओपिडी र इमरजेन्सी दुबै स्थानमा उपचारका लागि अलग्गै ब्यवस्था मिलाईएको छ’–डा. माकजुले भन्नुभयो–‘तत्काल उद्धार गर्न, उद्धार गरिएका विरामीहरुको उपचार गर्न र विरामीको शंका लागेमा अलग्गै कक्षमा राखेर उपचार गर्न जनशक्ति र आवश्यक स्थानको ब्यवस्थापन गरिएको छ ।’ अस्पतालमा आउने विरामीहरुका लागि शुरु देखि नै ‘केयर’ गर्ने गरी टोली परिचालन गरिएको डा. निराजन भुषालले जानकारी दिनुभयो । 
अस्पतालले पंक्षीजन्य मासु सेवन गर्दा तथा सामान्य रुघा खोकी लागेको अवस्थामा समेत अस्पतालमा जँचाउन जान सर्वसाधारणलाई अनुरोध गरेको छ । अस्पतालमा त्यो लक्षणका विरामी आए अन्य विरामीहरुसँग नभेटाई गोप्य तरिकाले उपचार गर्ने विधी अस्पतालले शुरु गरेको डा. निराजन भुषालले जानकारी दिनु भयो ।