2020 August 11/ 05:50: 56am

वन्यजन्तु संरक्षण र ब्यवस्थापनमा थपिदै चुनौती

–    वन्यजन्तु ओसार पसार विरुद्ध १५ वर्षमा १६ मुद्दा
–    ७ वर्षमा २० वटा चितुवा मरे
–    १० वर्षमा ५९ जनालाई राहत
–    १३ जनाको मानवीय क्षति 

मोतीराम तिमल्सिना
धुलिखेल

सरकारले वन्यजन्तुको उद्दार तथा ब्यवस्थापनका लागि बनाएका कानुनहरु पर्याप्त नभएको गुनासो सुनिन थालेको छ । वन्यजन्तु संरक्षण गर्दा मानवीय, भौतिक र अन्नबालीमा क्षति पु¥याउने गरेको छ । जुन जन्तुले धेरै क्षति पु-याउँछ त्यसको राहत समेत प्राप्त गर्न कठिनाई छ । 
डिभिजन वन कार्यालय काभ्रेले आर्थिक वर्ष २०७०÷०७१ देखि २०७६÷०७७ सम्म उद्दार तथा ब्यवस्थापन गरिरहेको छ । विगत ७ वर्षमा जिल्लामा मृग, चित्तल, चितुवा, सालक, गिद्ध, लाटोकोसेरो, वन विरालो, बँदेल, चरीबाघको उद्दार गरी उपचार पछि सम्वन्धित स्थानमा पठाईएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ३ वटा चितुवाको बच्चा उद्दार गरिएकोमा एउटा चिडियाखाना लैजाने त्र    mममा म¥यो भने बाँकी चारवटा स्थानीय तथा अन्य समूहबाट मरेको अवस्थामा फेला परेको छ । २०७६÷०७७ को ६ महिनामा ३ वटा बच्चाको उद्दार भएकोमा २ वटाको निधन भईसकेको छ । धेरै मर्नेमा मृग र चितुवा हुन् । ७ वर्षमा २० वटा चितुवा मरेको डिभिजन बन कार्यालय काभ्रेका सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले बताउनु भयो । मृग उद्दार ८, मृत्यु ८, चित्तल उद्दार १, चितुवा उद्दार ८, मृत्यु २०, सालक उद्दार ३, मृत्यु २, गिद्ध उद्दार १, लाटोकोसेरो उद्दार १, वन विरालो मृत्यु २, निर विरालो मृत्यु १, बँदेल मृत्यु १, चरी बाघ मृत्यु १ रहेको छ । 
‘पछिल्लो समय वन्यजन्तु संरक्षणसँगै ब्यवस्थापनको खाँचो भएको छ’–सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले भन्नुभयो–‘जुन वन्यजन्तुले धेरै दुःख दिने गरेको छ त्यसको ब्यवस्थापन र त्यसले पु¥याएको क्षतिका बारेमा राहत समेत प्राप्त हुँदैन ।’ अहिले बाँदरले अधिकांश ग्रामिण भेगमा कृषकहरुलाई दुःख दिने गरेको सहभागीहरुले बताए । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठले बाँदरसँगै दुम्सी, बँदेल र भालुले अन्नपात खाएर कृषकहरु हैरानीमा परेको बताउनु भयो । संरक्षणसँगै ब्यवस्थापनमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । मानव र वन्यजन्तु बीच हुने द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुहरुलाई उनिहरुकै बासस्थानसम्म जान सहज वातावरण बनाउनु पर्ने निश्कर्ष समेत निकालिएको छ । वनजंगल कुनै न कुनै ढंगबाट असुरक्षित भएपछि बन्यजन्तुहरु ग्रामिण बस्तिमा प्रवेश गरी मानवीय क्षति पु¥याउने गरेका छन् । 
सरकारले वन्यजन्तुहरुबाट क्षति पु¥याएको अवस्थामा मानवको मृत्यु भएको अवस्थामा परिवारलाई राहत स्वरुप १० लाख सम्म राहत उपलब्ध गराउने गरेको डिभिजन बन कार्यालय काभ्रेका प्रमुख डिभिजनल अधिकृत भगवानप्रसाद गुप्ताले जानकारी दिनुभयो । केहि बाहेक अधिकांश वन्यजन्तुले क्षति पु¥याएको अवस्थामा मानव, पशुपंक्षी, चौपाया, कृषिको अवस्था अनुसार राहत उपलब्ध हुनेछ । जिल्लामा चितुवा, बँदेल र भालुसँगै बाँदरको आक्रमणले हैरानी ब्यहोर्नु परेको सहभागीहरुले बताए । पशुपति र स्वयम्भुबाट रोगी बाँदरहरु स्थानीय सामुदायिक वनमा मध्यरातमा गाडीमा राखेर छाडिदिने गरेको उनिहरुको गुनासो छ । बजारमा कुकुर, गाउँमा बाँदर आतंक रहेकाले त्यसको ब्यवस्थापनमा सरोकारवाला पक्षले ध्यान दिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । कुकुरका कारण शहरका नागरिक असुरक्षित रहेको सहभागीहरुले बताएका थिए । सामाजिक कुकुरले टोक्दा रेविज रोगबाट गतवर्ष केहि ब्यक्तिहरुको निधन भएको थियो । 

१५ वर्षमा १६ मुद्दा
    तत्कालिन जिल्ला बन कार्यालयले वन्यजन्तु ओसारपसार तथा चोरी निकासी विरुद्ध १५ वर्षमा १६ वटा मुद्दा दर्ता गरेको छ । दर्ता भएका मध्ये ८ वटा मुद्दामा कैद भएन । मृग चोरी गरेको अभियोगमा दायर मुद्दामा उग्रतारा ७ जनागालका दलबहादुर बोगटीलाई २०६५ साल चैत्र १४ गते दर्ता गरिएको मुद्दामा २०६६ साल कार्तिक १९ गते १० हजार जरिवानाको फैसला गरिएको थियो । अर्का सहयोगीका बारेमा केहि खुलाईएको थिएन । पनौती नगरपालिका ४ का पुस्कर बस्नेतलाई चितुवाको छाला बरामद गरेको अभियोगमा १० हजार जरिवाना गरिएको छ । चण्डेनीमण्डन २ का सुब्बा माझीलाई हुचिल बरामद गरी १ हजार ५ सय जरिवाना गरिएको छ । ५ सय ५० ग्राम बन्यजन्तुको सामाग्री बरामद गरी सिन्धुपाल्चोक जिल्ला ठोकर्पा ७ का भिमबहादुर नेपाल, चिनियाँ नागरिक रिनजिन नोबुलाई १ लाख धरौटी माग भएकोमा तारेख गुजारेकाले धरौटी जफत हुने फैसला सुनाईएको छ । चालक भिमबहादुर नेपालले सफाई पाएका छन् । 
    अनेकोट ६ का लालबहादुर तामाङ, सानुकान्छा तामाङलाई चितुवाको छाला बरामद गरी लालबहादुरलाई ७ हजार र सानुकान्छाले तारेख गुजारेकाले २८ हजार धरौटी जफत गरिएको छ । मृगलाई धान खेतमा लखेटेर मारेको अभियोगमा ढुंखर्क ६ का जितलाल घिसिङ्ग, वडा नम्वर ८ का विज्ञान स्याङ्गतान, प्रकाश स्याङ्गतान, धनबहादुर घ्यावा, लालबहादुर लोप्चन र पनौती १२ खोपासीका गोपालदास उलक मध्ये विज्ञान स्याङ्गतानलाई ४० दिन कैद र १० हजार जरिवाना तथा अन्यलाई जनही ५ हजार जरिवाना तोकिएको छ । बनखु ७ का जितबहादुर स्याङ्गतान, बुढाखानी ७ का रामबहादुर लामा, बनखु ५ का कान्छामान लामा, रौतहट जिल्ला रंगपुर ५ का क्षेत्रबहादुर स्याङ्गतानले चितुवाको छाला ओसारपसार गरेको अभियोगमा छाला बरामद गरी क्षेत्रबहादुर स्याङ्गतानलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । जितबहादुर स्याङ्गतानले १० जरिवाना तिरेका छन् भने अन्य दुई जनाले सफाई पाएका छन् । सालकको खपटा ६ सय ५० ग्राम सहित पक्राउ परेका कुशादेवी ४ का राजेश केसी र कुशादेवी ९ का रविन्द्र तामाङ मध्ये राजेश केसीलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ भने रविन्द्र तामाङले १० हजार जरिवाना तिरेका छन् । मृगको छाला बरामद गरी साँगा नासिकास्थान २ का विक्रम तामाङ र कुमार तामाङमध्ये कुमारलाई एकवर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । विक्रमले १० हजार जरिवाना बुझाएका छन् । 
    २ थान चितुवाको छाला सहित पक्राउ परेका अनेकोट ९ का छत्रबहादुर तामाङ, महादेवस्थान ५ का विष्णुलाल श्रेष्ठ र कृष्णबहादुर राईलाई जनही १० हजार जरिवाना गरिएको छ । चितुवाको छाला सहित पक्राउ परेका सिन्धुपाल्चोक जिल्ला भिमटार १ का अखबर दनुवार, वडा नम्वर ६ का पूर्णबहादुर दनुवार र गर्जमान दनुवार मध्ये अखबर र पूर्णबहादुरलाई जनही ६÷६ महिना कैद र १४ हजार ५ सय जरिवाना र गर्जमान दनुवारलाई एकवर्ष कैद सजायँ गरिएको छ । १३ केजी सालको खपटा सहित पक्राउ परेका फोक्सिङ्गटार २ का कलमबहादुर पाख्रिन, सिन्धुली जिल्ला नेत्रकाली ६ का विष्णुबहादुर लामा, सर्लाहि जिल्ला अत्रौली ३ का कान्छामान मोक्तानलाई जनही १÷१ लाख जरिवाना गरिएको छ । ध्वाँसे चितुवाको जस्तो छाला र हड्डीका १ सय १० थान टुक्रा सहित पक्राउ परेका सिपाली चिलाउने ३ का लक्ष्मण बल, वडा नम्वर ३ का रामबहादुर बल, बुढाखानीका पाराङ लामा र नाग्रेगगर्चे ९ का धर्मबहादुर प्रधानलाई जनही १÷१ लाख जरिवाना भएको छ । 
    दर्ता भएका मध्ये तीनवटा मुद्दा अझै फैसला भएका छैनन् । २०७३ साल साउन ७ गते दर्ता भएको गोकुले ७ का पदमबहादुर मोक्तान, फोक्सिङटार ७ का कान्छालाल घलान र बल्थली ८ का माधव थापाको मुद्दा फैसला नभएको हो । उनिहरुको साथबाट ८ वटा बँदेल फेला पारी १ वटा मारेको अवस्थामा बरामद भएको थियो । बँदेलको मासु विक्री वितरण गरेको अभियोगमा दर्ता भएको मुद्दा अझै विचाराधिन अवस्थामा छ । चार वटा कछुवाका जिउँदो बच्चा बरामद गरी मुद्दा दायर पछि बासस्थानमा छाडिएको थियो । कछुवाको बच्चा ओसार पसार गरेको अभियोगमा सुनसरी इनरुवा नगरपालिका ७ का गृजलाल मगर विरुद्ध मुद्दा दर्ता भएको छ । उनको साथबाट एउटा स्कुटर बरामद गरिएको छ । मारिएको बँदेल १ एउटा र मोटरसाईकल १ थान बरामद गरी बँदेल मारेको अभियोगमा बनेपा नगरपालिका वडा नम्वर ३ का सानुकान्छा गुरुङ्ग, गणेश गुरुङ्ग, चन्द्रबहादुर गुरुङ्ग, प्रकाश दाहाल, फरार प्रतिवादीहरु बनेपा ३ का बीरबहादुर तामाङ र सिताराम दाहाल विरुद्ध दर्ता भएको मुद्दा अझै फैसला भएको छैन । 
१० वर्षमा ५९ जनालाई राहत
    वन्यजन्तुले पु-याएको मानवीय तथा अन्य क्षतिको राहत ५९ जनाले प्राप्त गरेका छन् । राहत सम्वन्धी कानुन बनेसँगै क्षतिको अवस्थाका आधारमा राहत उपलब्ध गराईएको हो । १० वर्षको अवधीमा १३ जनाको निधन भएको छ । जसबापत १० लाख ५० हजार रकम राहत स्वरुप उपलब्ध गराईएको छ । चालु वर्ष देखि राहत रकम बृद्धि गरी प्रति ब्यक्ति १० लाख बनाईएको छ । मानवीय घाईते भएका ७ जनाले औषधी उपचारको विलका आधारमा २ लाख ८ हजार ८४ रुपैयाँ प्राप्त गरेका छन् । पशुधन क्षति भएका मध्ये खसीबोका ५९, कुखुरा १ सय ४०, बंगुर ५ र बाछी १ गरी ५१ लाख ६५ हजार ४ रुपैयाँ राहत भुक्तानी भएको छ । खाद्यान्न बाली क्षति भएका ६ जनाले १ लाख ८० हजार भुक्तानी पाएका छन् । २२ वटा पशुधन क्षति भए पनि तस्वीर नभएका कारण २ लाख ४ हजार ४ सय राहत रकम भुक्तानी हुन सकेको छैन । पशुधन क्षति २ र बाली ४ जनाको क्षति भएकोमा ४८ हजार ५ सय पनि राहत उपलब्ध हुन सकेको छैन । 

कुन जन्तु कति उद्दार र मृत्यु भए ? 
मृगः उद्दार ८, मृत्यु ८
चित्तलः उद्दार  १
चितुवाः उद्दार ८, मृत्यु २० 
सालकः उद्दार ३, मृत्यु २
गिद्धः उद्दार  १
लाटोकोसेरोः उद्दार १
वन विरालोः मृत्यु २
निरविरालोः मृत्यु १
बँदेलः मृत्यु १
चरीवाघः मृत्यु १