2020 February 18/ 10:16: 11pm

पौष महिना मात्रै ३८ करोड, कुन कार्यालयले कति बुझाए ? 
मोतीराम तिमल्सिना
धुलिखेल, काभ्रे

    चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्तसम्म जिल्लाले १ अर्ब ६२ करोड १९ लाख ६९ हजार राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व संकलन दर बढेको छ । पौष महिनामा मात्रै ३८ करोड ३५ लाख १३ हजार ४५ रुपैयाँ राजश्व संकलन भएको छ । 
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघ सरकारका लागि पौष मसान्तसम्म १ अर्ब ६० करोड ३७ लाख ४२ हजार २ सय ४६ रुपैयाँ राजश्व संकलन भएको छ भने बाग्मती प्रदेशका लागि १ करोड ८२ लाख २६ हजार ८ सय ६५ रुपैयाँ राजश्व संकलन भएको छ । प्रदेश सरकारका लागि पौष महिनामा मात्रै ३१ लाख ४२ हजार ४ सय ७९ रुपैयाँ राजश्व संकलन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलले १ करोड ३२ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ राजश्व संकलन गरेको छ । कृषि ज्ञान केन्द्रले २ लाख ५९ हजार २ सय २२, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले ३ लाख १७ हजार, डिभिजन कार्यालयले ११ लाख ३४ हजार ८ सय २८, पूर्वाधार विकास कार्यालयले १७ लाख ९९ हजार ६ सय ५९, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले २ हजार ९ सय ५, मसला बाली विकास केन्द्रले ४ लाख ६१ हजार ९ सय २३, शिक्षा तालिम केन्द्रले १० लाख ८ हजार ८ सय २५, सहरी विकास तथा भवन कार्यालयले १ लाख ९१ हजार, सार्वजनिक निर्माण कार्यान्वयन ईकाइले ६ लाख १ हजार १ सय ६३, स्वास्थ्य कार्यालयले १० लाख १ हजार ८ सय ४५ रुपैयाँ राजश्व प्रदेश सरकारलाई बुझाएका छन् । प्रदेश अन्र्तगत जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र, भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले राजश्व संकलन गरेका छैनन् । 
संघीय सरकारको खातामा १ अर्ब ६० करोड ३७ लाख ४२ हजार २ सय ४६ राजश्व जम्मा भएको छ । पौष महिनामा मात्रै संघ सरकारको खातामा ३८ करोड ३ लाख ७० हजार ५ सय ६६ रुपैयाँ जम्मा भएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलमा ६ महिनामा १ अर्ब ३२ करोड २१ लाख ९८ हजार ६ सय ५९ रुपैयाँ जम्मा भएको छ । पौष महिनामा मात्रै उक्त कार्यालयमा ३६ करोड ६४ लाख ४३ लाख २९ हजार रुपैयाँ राजश्व जम्मा भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लाको राजश्व आन्तरिक राजश्व कार्यालय धुलिखेलमा जम्मा हुने गरेको छ । आन्तरिक राजश्व कार्यालय पछि जिल्लामा सबैभन्दा धेरै राजश्व मालपोत कार्यालय काभ्रेमा संकलन भएको छ । मालपोत कार्यालय काभ्रेले पौष मसान्तसम्ममा २२ करोड ४६ लाख  ९ सय ४९ रुपैयाँ राजश्व संकलन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले १९ करोड ४० लाख ३१ हजार २ सय २२ रुपैयाँ संकलन गरेको छ । 
त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले २ करोड ८७ लाख ४० हजार २ सय ३८ संकलन गरेको छ । प्रशासन कार्यालय काभ्रेमा राहदानी बनाउनेहरुबाट धेरै राजश्व संकलन हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले १ करोड २८ लाख ४ हजार १ सय ४४ रुपैयाँ संकलन गरेको छ । जिल्ला अदालतले ७४ लाख २९ हजार ६ सय ५७, इलाका प्रहरी कार्यालय बनेपाले ३७ हजार ७ रुपैयाँ राजश्व संकलन गरेको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई स्थानीय पूर्वाधार कार्यालयले ३ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । जिल्ला हुलाकले १५ लाख ८४ हजार ६ सय ६६, २६ नम्वर बाहिनी अड्डा भकुण्डेबेशीले १ लाख ११ हजार ६ सय ५०, नापी कार्यालयले २५ लाख ४६ हजार ६ सय २५, नेपाल प्रहरी साँगाले २० हजार, पाँचखाल नगरपालिकाले ४४ हजार ८ सय, पुष्पलाल राजमार्ग योजना कार्यालयले ११ लाख ५० हजार ९ सय ७१, वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखालले ४१ हजार, विष्णु दल गण धुलिखेलले ३५ हजार, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रले १८ लाख २४ हजार ४ सय ६२, रेशम खेती ४६ हजार ८ सय, शिक्षा विकास तथा समन्वय इकाईले ८२ लाख ९१ हजार ३ सय ९४, सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेड क्वाटरले ३ हजार, सुपरजोन कार्यान्वयन इकाईले १५ हजार राजश्व संकलन गरेको छ । राजश्व शुन्य हुने कार्यालयहरुमा संघीय प्रहरी इकाई कार्यालय, कारागार, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, जिल्ला निर्वाचन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, डिजिटल नापी, नम्वर १ फि ए गुल्म, राष्ट्रिय अनुसन्धान कार्यालय रहेका छन् ।