2020 July 04/ 02:43: 29am

धुलिखेल/१९ वर्षीया छोरीलाई पेट दुखेर दिदी र बाबुले अस्पताल पु¥याउँदा साँढे ८ महिनाको बच्चा रहेको थाहा पाए । चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भएकी युवतीको कोखमा रहेको बच्चा मृत जन्मिएको छ । 
मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ घर भई हाल काठमाडौ जैसीदेवलबसी भाडाको ट्याक्सी चलाउँदै आएका २३ बर्षिय कृष्ण चौलागाई कोशिपारी स्थित साविक कात्तिकेदेउराली गाविस वडा नम्वर ३ पुगेको समयमा युवतीसँग चिनजान भएको थियो । +२ अध्ययन गरिरहेकी युवती र कृष्णको चिनजानका आधारमा फोन नम्वर साटासाट भयो । फेसबुकमा प्रेम आदानप्रदान भयो । चिनजानकै आधारमा उनिहरु बीच भुकम्पको अनुदानबाट निर्मित आफन्तको दुई कोठे घरमा शारिरीक सम्वन्ध कायम भयो । मण्डन बस्ने कृष्ण राजधानी फर्किए । युवती गाउँमै रहिन् । बीचबीचमा कुराकानी भईरह्यो । कृष्ण अविवाहित थिए । विवाहका लागि प्रस्ताव गर्दा उनले नमानेको कृष्णको बयान छ । मंसिर अन्तिममा कृष्णले मागि विवाह गरे । विवाहको २२ दिनमा २०७६ पौष १८ गते राति कृष्ण प्रहरीको नियन्त्रणमा रहे । विवाहको जानकारी गराउँदा युवती र आफन्तले वेवास्ता गरेको कृष्णले बताए पनि युवतीका आफन्तले घटना लगत्तैै कृष्णलाई जानकारी गराउँदा उल्टै धम्क्याएको बताएका छन् । 
युवतीले बुबालाई पेट दुख्यो भने पछि काठमाडौंको वीर अस्पताल नजिकै रहेको ओम अनमोल क्लिनिकमा जचाउँन लगे । २०७६ पौष ११ गते क्लिनिकले युवतीको पेटमा ३६ हप्ता भन्दा धेरैको बच्चा रहेको प्रमाणित गरिदियो । त्यहि कारण युवतीको पेट दुखेको जानकारी गराएपछि बाबु छाँगाबाट खसेझै भए । तर छोेरीको अनुहार परिवर्तन भएन । किनकी उनलाई शुरु देखि नै आफ्नो पेटमा बच्चा रहेको जानकारी भए पनि लुकाउँदै आएकी थिईन् । झण्डै ९ महिनाको पेट हुँदा पनि उनले घर, समाजमा लुकाउन सफल भएकी थिईन् । बाबुले छोरीकै बयानका आधारमा मुलुकी अपराध संहिता २०७४ अन्र्तगत जर्बजस्ति करणी अन्र्तगत कृष्ण विरुद्ध पौष १५ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा उजुरी दिए । उजुरी लगत्तै प्रहरीले युवतीलाई धुलिखेल अस्पतालमा मेडिकल जाँचका लागि पठायो । अस्पतालले युवतीको गर्भको बच्चा रहेकाले १६ गते अप्रेसन गर्ने निर्णय ग¥यो । १६ गते अप्रेसन पछि प्रहरीले अस्पतालको सहयोगमा मृत शिशुको शवलाई परिक्षणका लागि शिक्षण अस्पताल पठायो । शिशुको डिएनए परिक्षण सहितको पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाईएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनुभयो । युवती अस्पतालमा उपचारार्थ छिन् । 
प्रहरीले युवतीको उजुरीसँगै कृष्णलाई काठमाडौबाट पक्राउ गरेको हो । कृष्णले २०७५ चैत्र २५ गते विहान युवतीकै सहमतिमा शारिरीक सम्वन्ध राखेको प्रहरी समक्ष बयान दिएका छन् । २०६९ सालमा आफन्तको घरमा आवतजावत गर्ने क्रममा सामान्य चिनजान भई सामान्य बोलचाल भएको थियो । आफन्तको घर नजिक भएकाले पटक पटक आउने जाने गरेका थिए । युवती आउने बाटो चोकमा बसी कृष्णले ढुक्ने तथा पिछा गर्ने गरेका थिए । त्यसलाई वास्ता नगरी उनी आफ्नै सुरमा हिडिरहेको हुन्थिन् । काम र पढाईमा कृयाशिल भईरहेकी युवती उनको प्रेम र पागलपनमा परिन् । कृष्णले २०६९ साल देखिको चाहना ७ वर्ष पछि पुरा गरे । भुकम्पको राहतले बनेको २ कोठे घरमा कोहि मान्छे थिएनन् । विहानको समयमा उनले काम छ भन्दै बोलाए । युवतीले भनेकी छिन्–‘कृष्णले सानो काम छ भनि बोलाए । के रहेछ त भनि त्यस घर भित्र जाँदा घरमा कोही नभएकोले ढोकाको चुक्कुल लगाई मैले भनेको मान भन्यो । नमाने जे पनि गर्न सक्ने धम्की दियो । कुट्ने पिट्ने गरि डर त्रास देखाई शारिरीक सम्पर्क राख्नको लागी जोर जुलुम ग¥यो । नमाने पछि लडाएर मुख थुनी कपडा च्याती सम्वेदनशील अंगहरुमा समात्यो । काराईस् भने जे पनि हुन सक्छ भनि जबरजस्ती ग¥यो । जबरजस्ती करणी गरी पुनः यो कुरा कोही कसैलाई भनिस् भने तेरो सारा परिवारलाई सखाप पारी दिन्छु भनि धम्काई हिड्योे । डर त्रासले लाचार भई चुप लागेर रोई बसें । त्यो घटना पछि मेरो शरीरमा परिवर्तन आउन थाल्यो । दिन प्रतिदिन शरीरमा आएको परिवर्तन र महिनावारी बन्द भए पछि शंका लाग्यो । सबै परिवारबाट लुकाई राख्दा पछिल्लो पटक शरीरमा आलस्यता उत्पन्न हुन थाल्यो । धेरै समय पछि दिदी लगायत बुबासँग काठमाडौ वीर अस्पताल नजिक ओम अनमोल क्लिनिक एण्ड डाईगोनोस्टिक सेन्टर प्रा.लि मा जँचाउन पुगें । त्यहाँ ३६ हप्ता भन्दा माथि गर्भ पुगी सकेको रिपोर्ट आउँदा म छाँगाबाट खसेको जस्तो भएँ । त्यतिखेर दिदीको माध्यमबाट कृष्ण चौलागाईलाई सम्पर्क गरी सोधें । उसले त्यो बच्चालाई फालिदेउ पछि म हेरांैला हैन भने मलाई कुनै वास्ता छैन सकेको गरे हुन्छ अब मेरो विवाहको कार्ड आउँदै छ भनी फोन काटि दियो । त्यसपछि उ फोन सम्पर्क बाहिर रहेर उल्टै अनेकौं लान्छना लगाउँदै कुटपिट गरी मार्ने सम्मको धम्की दिन थाल्यो । न्यायको लागी जबरजस्ती करणी गरी अपराध गरेको ठहर सहित कानुन बमोजिमको सजाँय गरी उचित क्षतिपूर्ति भराई पाउन प्रहरीकोमा जोहरी दिएँ ।’
भुकम्प पछि पुनर्निर्माण शुरु भए पछि समाजमा यस्ताखालका अपराधहरु बढिरहेका छन् । मोवाईल, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटना बढ्न थालेका छन् । यो घटना त्यसकै विम्ब हो ।