2019 November 13/ 04:47: 27am

मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७५÷०७६ का लागि ३ करोड ७५ लाख ५० हजार रुपैयाँको औषधी खरिद गरेका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि स्थानीय सरकार र प्रदेश सरकारको ३ करोड ७० लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । अघिल्लो वर्ष धेरै रकम विनियोजन गर्ने स्थानीय सरकारले यो वर्ष कटौती गरेका छन् भने अघिल्लो वर्ष कम रकम विनियोजन गर्ने स्थानीय सरकारले यो वर्ष रकम बृद्धि गरेका छन् । स्थानीय सरकारको रकम विनियोजनका आधारमा प्रदेश सरकारले रकम विनियोजन गरेको छ । 
    औषधी खरिदका लागि स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा १ करोड ८३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए भने प्रदेश सरकारले १ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो । चालु वर्षका लागि स्थानीय सरकारको १ करोड ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन् भने प्रदेश सरकारले १ करोड ७३ लाख रकम विनियोजन गरेको छ । यसको अलावा संघ सरकारले पनि स्थानीय तहलाई औषधी खरिद गरि पठाउने गरेको छ । संघीयता नहुँदा काभ्रेपलाञ्चोक जिल्लामा अहिलेको बजेटको एक तिहाई मात्रै आउँथ्यो । अहिले संघ र प्रदेशले स्थानीय तहका लागि २५ प्रतिशत औषधी खरिद गरेर पठाउने गरेको छ । 
    संघीयताले स्थानीय नागरिकलाई फाईदा पु¥याएको छ । औषधीमा सहजता भएको छ । तर उपलब्ध भएको औषधीको उपभोग भने सबै नागरिकले गरेका छैनन् । औषधी खरिद गरेर उपभोग नगरी खेर जाने अवस्था पनि छ । विशेषगरी स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरुमा औषधी लिन आउने ब्यक्तिहरुको अवस्था न्यून छ । ग्रामीण भेगमा जनसंख्या कम हुने र बसोबास नै नभए पछि नागरिकहरु स्वास्थ्य चौकीमा कम आउने गरेका छन् भने शहरी क्षेत्रमा निजी क्षेत्रका मेडिकलहरु र अस्पताल समेत भएकाले स्वास्थ्य चौकीहरुमा पुगेर औषधी खरिद गर्दैनन् । स्थानीय तहहरुले खरिद गरेका सबै औषधीहरु खपत नहुने गरेको श्रोतले बतायो तर पनि बजेट विनियोजन गरेका आधारमा सबै रकमहरु खर्च हुने गरेका छन् । 
    स्थानीय तह मध्ये सबैभन्दा धेरै रकम विनियोजन गर्ने पनौती नगरपालिका रहेको छ । पनौती नगरपालिकाले २४ लाख, नमोबुद्ध, पाँचखाल नगरपालिका र भुम्लु, बेथान्चोक गाउँपालिकाले २०÷२० लाख रकम विनियोजन गरेका छन् । बनेपा र मण्डन देउपुर नगरपालिकाले १०÷१० लाख रकम विनियोजन गरेका छन् । रोशी गाउँपालिकाले १८ लाख, धुलिखेल नगरपालिकाले ८ लाख, तेमाल गाउँपालिकाले १६ लाख, महाभारत गाउँपालिकाले १६ लाख ५० हजार, खानीखोला गाउँपालिका १० लाख, चौरी देउराली गाउँपालिकाले ५ लाख रकम विनियोजन गरेका छन् । 
    आर्थिक वर्ष २०७५÷०७६ मा रोशी गाउँपालिकाले औषधी खरिद शिर्षकमा २५ लाख रकम विनियोजन गरेको थियो । उसले प्रदेश सरकारबाट १५ लाख प्राप्त गरेको थियो । ४० लाख रुपैयाँको औषधी खरिद गर्ने रोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा २६ लाख ५० हजार मात्रै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारबाट ८ लाख ५० हजार प्राप्त गरेको गाउँपालिकाले चालु वर्षका लागि १८ लाख विनियोजन गरेको छ । रोशी गाउँपालिका जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका हो । जसमा १२ वटा वडा रहेका छन् । अघिल्लो वर्षको तुलनामा १४ लाख ५० हजार रकम कम विनियोजन भएको छ । 
    भुम्लु गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ३९ लाख ५० हजार रुपैयाँको औषधी खरिद गरेको थियो । गाउँपालिकाको २० लाख रुपैयाँ र प्रदेश सरकारको १९ लाख ५० हजार रुपैयाँ समेत गरी भुम्लु गाउँपालिकाले खर्च गर्ने औषधी खरिदको बजेट चालु वर्षमा २८ लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ औषधी खरिदका लागि धुलिखेल नगरपालिकाले अघिल्लो वर्ष ७ लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाका लागि प्रदेश सरकारले १९ लाख रकम विनियोजन गरेको थियो । २६ लाख रुपैयाँको औषधी खरिद गरी धुलिखेल नगरपालिकाले स्वास्थ्य चौकीहरुलाई उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ खर्च गर्नेछ । नगरपालिकाले अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष २ लाख रुपैयाँ कम बजेट विनियोजन गरेको छ । 
    मण्डन देउपुर नगरपालिकाले अघिल्लो आर्थिक वर्ष १० लाख रकम विनियोजन गरेको थियो । प्रदेश सरकारको १२ लाख ५० हजार रुपैयाँ समेत गरेर २२ लाख ५० हजार रुपैयाँ औषधी खरिदका लागि खर्च गरेको थियो । चालु वर्षमा २५ लाख ५० हजार रुपैयाँ खर्च गर्नेछ । तेमाल गाउँपालिकाले अघिल्लो वर्ष १८ लाख रकम विनियोजन गरेको थियो । प्रदेश सरकारले १२ लाख विनियोजन गरेको थियो । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ३० लाख रुपैयाँको औषधी खरिद गरे पनि यो वर्ष २४ लाख ५० हजार रुपैयाँको औषधी खरिद गर्नेछ । 
    बेथान्चोक गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरी प्रदेश सरकरको समेत गरी १६ लाख रुपैयाँको औषधी खरिद ग¥यो । बेथान्चोकले चालु वर्षमा औषधी खरिदमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । २८ लाख ५० हजार रुपैयाँको औषधी खरिदको बजेटमा ८ लाख ५० हजार बढाएको छ । स्थानीय सरकारले विनियोजन गरेकोमा १० लाख रुपैयाँ बढाएको छ । पाँचखाल नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले १६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । अघिल्लो वर्षको तुलनामा १ लाख रुपैयाँ कम बजेट विनियोजन भएको छ । पाँचखाल नगरपालिकामा प्रदेश सरकारको अनुदानमा १ लाख रुपैयाँ कटौती भएको हो । 
     अघिल्लो आर्थिक वर्षमा महाभारत गाउँपालिकाले औषधी खरिद शिषर्कमा १६ लाख रकम विनियोजन गरेको थियो । प्रदेश सरकारले ७ लाख रकम विनियोजन गरेको थियो । २३ लाख रुपैयाँको बजेट अघिल्लो वर्षको तुलनामा यो वर्ष १ लाखले बढी हो । प्रदेश र गाउँपालिका दुबैले ५०÷५० हजार औषधी खरिदका लागि बढाएका छन् । खानीखोला गाउँपालिकाले औषधी खरिदका लागि अघिल्लो वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको थियो । २७ लाख ५० हजार रुपैयाँको बजेट अघिल्लो वर्षको तुलनामा कम हो । गाउँपालिकाले औषधी खरिदका लागि आधा बजेट कमि गरेको छ । प्रदेश सरकारले पनि १ लाख ५० हजार रकम थप गरेको छ । 
    अघिल्लो वर्ष नमोबुद्ध नगरपालिकाले ११ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले २५ लाख विनियोजन गरेको नमोबुद्ध नगरपालिकामा चालु वर्षमा ५० लाख बजेट विनियोजन गरेको थियो । भारी बजेट बढाएको नमोबुद्धले अघिल्लो वर्ष २६ लाख मात्रै विनियोजन गरेको थियो । पनौती नगरपालिकाले १५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । २८ लाख प्रदेश सरकारले विनियोजन गरेको छ । ४३ लाख रुपैयाँ विनियोजन भएको पनौती नगरपालिकाले चालु वर्षका लागि ३९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । चौरीदेउराली गाउँपालिकाले ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । १० लाख ५० हजार रुपैयाँ प्रदेश सरकारबाट प्राप्त गरी १९ लाख ५० हजार रुपैयाँको औषधी खरिद गरेको थियो । अघिल्लो वर्ष भन्दा गाउँपालिकाले ५० हजार बजेट बढाएको छ । गाउँपालिकाले विनियोजन गर्ने बजेटमा ४ लाख रुपैयाँ थप गरेको भए पनि प्रदेश सरकारको बजेटमा ५ लाख बढाएको छ  ।    
    बनेपा नगरपालिकाले अघिल्लो वर्ष २ लाख ५० हजार रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । सबैभन्दा कम बनेपा नगरपालिकाले बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले १३ लाख ५० हजार रकम विनियोजन गरेको थियो । १६ लाख रुपैयाँको औषधी खरिद गरेको बनेपा नगरपालिकाले चालु वर्षका लागि २५ लाख ५० हजार रुपैयाँको औषधी खरिद गर्नेछ । नगरपालिकाले विनियोजन गरेको २  लाख ५० हजार बजेटमा बढाएर १० लाख रुपैयाँ पु¥याएको छ । चालु वर्ष प्रदेश सरकारले नगरपालिकालाई १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।