2019 October 17/ 01:29: 25am

    धुलिखेल/सामाजिक दबावका कारण जिल्लामा महिला हिंसाका घटनामा कमि भएको छ । स्थानीय सरकारले हिंसा न्यूनीकरण अभियानमा न्यायिक समिति मार्फत उल्लेख्य योगदान पु-याएका छन् भने जिल्ला प्रहरी कार्यालय, विद्यालय, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाहरु हिसा न्यूनीकरणको अभियानमा जुटेका छन् । 
    महिला पीडित हुनु समाज भित्रको अन्धविश्वास पहिलो कारण भएको निश्कर्ष निकालिएको थियो । अन्धविश्वास कायम हुनु, आत्मनिर्भर हुन नसक्नु, हिंसा भएको सहेर बस्नु र अशिक्षा लगायतका कारण महिलाहरु हिंसामा परिरहेका थिए । समाजको विकासक्रमसँगै शिक्षा प्राप्त गर्नु, अन्धविश्वास प्रति विश्वास घट्दै जानु र जनचेतनामूलक कार्यक्रम मार्फत सचेतना फैलनु र आत्मनिर्भर हुनुले महिला हिंसामा कमि हुँदै आएको प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए । ‘प्रहरीले सचेतना अभियान संचालन गरिरहेको छ, समुदायसँग प्रहरी कार्यक्रम होस् वा अन्य जनचेतनामुलक कार्यक्रम हुन् महिलाहरुलाई सचेत बनाउँदै हिंसा हुन नदिन विभिन्न कार्यक्रम भईरहेका छन्’–एसपी सापकोटाले भने–‘विगत वर्षमा भन्दा यो वर्ष महिला पीडित भएका घटनाहरुमा उजुरी गर्नेको संख्या घटेको छ ।’ 
    प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७३/०७४ मा ८७ वटा घटना श्रीमान÷सौताबाट पीडित भएको उजुरी परेको थियो । पछिल्लो वर्ष २०७४/०७५ मा त्यो संख्या ७३ मा झ-यो भने गत वर्ष २०७५/०७६ मा त्यहि संख्या घटेर ६६ मा आयो । देवर जेठाजुबाट पीडित भएको उजुरी २७ बाट १७ मा झ¥यो । गत वर्ष उक्त संख्या १० मा आएको छ । सासु÷ससुराबाट हुने पीडित महिलाहरुको संख्या ३२ वाट ४९ पुगेको थियो । गत वर्ष उक्त संख्या ३५ मा झरेको छ । परिवारबाट पीडित हुनेहरुको संख्या ५ बाट ७ पुगेको थियो । गत वर्ष उक्त संख्या बढेर १७ पुगेको छ । श्रीमती/श्रीमती बाट हुने पीडितको संख्या २९ बाट ६३ पुगेको थियो तर अघिल्लो वर्ष ४३ जनाको उजुरी परेको छ । अन्य ब्यक्तिहरुबाट भएको पीडित महिलाहरु १८ जनाबाट २२ जना हुँदै अहिले २५ पुगेका छन् । तीन वर्षको घटनाको संख्या र उजुरी हेर्ने होे भने पहिलो वर्ष १ सय ९८ बाट पछिल्लो वर्ष २ सय ३१ पुगेको थियो । गत वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा उक्त संख्या घटेर १ सय १६ मा आईपुगेको छ । 
    आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा ५ सय ६० वटा अपराधका घटना भए । अपराधमा समेत कमि आएको प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार अघिल्लो वर्ष जिल्लामा ६ सय ८२ वटा घटना भएका थिए । ५ सय ६० वटा घटनामा संलग्न १ हजार ९ सय ६१ मध्ये महिला १ सय १० जना छन् ।