2019 October 17/ 12:57: 51am

लागु औषध विरुद्ध प्रहरीको एक हप्ते अभियान

जिल्लाका अधिकांश विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु अध्ययनमा ब्यस्त हुनु भन्दा लागु औषधको दुब्र्यसनमा मस्त हुन थालेका छन् । एक साताको बीचमा प्रहरीले ९ सय विद्यार्थी तथा स्थानीयलाई अनुशिक्षण गरेको छ भने २१ हजार ५ सय बोट गा“जा फडानी गरेको छ । एक वर्षको अवधीमा प्रहरीले ४ हजार ९ सय ६६ ट्याब्लेट बरामद गरी ३५ जनालाई पक्राउ गरेको छ । 

२०७५ साल आषाढ महिना ३२ गते जिल्ला सरकारी वकिल कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले लागु औषध सम्बन्धी  ऐन २०४९ दफा १७ (१) बमोजिम नाइट्राभेट १० बरामद गरेको अभियोगमा मुद्दा दर्ता ग¥यो । झापा जिल्ला डाँगीबारी गाविस ८ विभारे साविक घर भई बनेपा नगरपालिका वडा नम्वर ९ स्थित नयाँबस्तीमा डेरा कोठा गरी बस्ने वर्ष १९ का एलिस पौडेल, नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्वर १३ प्रगतिनगर बस्ने १९ बर्षिय ईर्फान भन्ने ईरफान महत्तो, काठमाण्डौ सामाखुसी बस्ने लोके भन्ने लोकेन्द्र चौधरी, सुनिल भन्ने वर्ष १९ का नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटमा तत्कालिन समयमा एच.एम.दोश्रो वर्षको दोश्रो खण्डमा अध्ययनरत रहेको अवस्थामा लागु औषध प्रयोग तथा ओसारपसार अभियोगमा पक्राउ परे । बनेपा नगरपालिका वडा नम्वर ६ स्थित एक पसलको भित्र पट्टि प्रहरीको विशेष खानतलासीमा लागु औषध ओसारपसार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परेका उनिहरु अझै जेलमा छन् । केहि फरार छन् । 
    यो प्रतिनिधिमूलक घटना हो । विद्यालय जाँदै गरेका वा क्याम्पस सकेर फर्कदै गरेका, क्याम्पस अध्ययन गरिरहेका युवाहरु लागु औषधकोे जोखिममा छन् । अभिभावकले सन्तान अध्ययनमै ब्यस्त भईरहेको विश्वास गरिरहँदा उनिहरु लागु औषधमा मस्त भेटिन थालेका छन् । प्रहरी तथ्याङ्कमा जिल्लामा ए वर्ष को अवधीमा १९ केजी गाँजा, १ केजी चरेस बरामद भएको छ । लागु औषध सम्बन्धी ट्याबलेट १ सय १६ वटा, डाईजिपाम ६२ वटा, फेनारगन ४० वटा, नर्फिन ४० वटा, नाईट्रोभेट ४ हजार ६१ वटा र अन्य ६ सय ४७ वटा ट्याब्लेट बरामद गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ३५ जना लागु औषध प्रयोग र ओसारपसार अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका मध्ये २१ जनालाई मुद्दा दर्ता गरिएको छ । प्रहरीले जिल्लाको २ विगाहा, १२ कठ्ठा १ धुरमा गाँजा फडानी गरेको छ । एक साताको अभियानमा प्रहरीले २१ हजार ५ सय बोट गाँजा फडानी गरेको छ भने ९ सय विद्यार्थी तथा सर्वसाधारणलाई लागु औषध प्रयोगका असर तथा लागु औषध दुब्र्यसन विरुद्धको अभियानमा लाग्न अनुशिक्षण कक्षा संचालन गरेको छ । 
    प्रहरीले भुम्लु गाउँपालिका वडा नम्वर ७ स्थित भक्तबहादुर परियार र भरत परियारको बाँझो बारीमा रहेको ५० बोट गाँजा फडानी गरेको छ । पाँचखाल नगरपालिका ८ होक्सेमा ५ सय बोट गाँजा नस्ट भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ८ मा ७ सय बोट गाँजा नष्ट भएको छ । पनौती नगरपालिका १० खोपासीमा अबैध रुपमा उम्रिएको २ सय बोट गाँजा नष्ट भएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ९ डाँडागाउँमा १ सय १ बोट गाँजा नष्ट भएको छ । बनेपा नगरपालिका वडा नम्वर ४ मा ५ हजार बोट, पनौती नगरपालिका ४ दुधमिलसँगै २ सय ५० बोट, बनेपा नगरपालिका १४ मा १ हजार २ सय बोट, पनौती नगरपालिका ४ र ५ सडक किनारमा रहेको ६ सय बोट गाँजा नष्ट गरिएको छ । त्यस्तै पनौती २ ठाडेमा रहेको ३ हजार बोट गाँजा नष्ट गरिएको छ भने मण्डनदेउपुर ६ गैह्रिविसौनामा रहेको १ हजार २ सय बोट गाँजा नष्ट गरिएको छ । पाँचखाल ९ धारापानीमा रहेको १ हजार १ सय बोट, बेथान्चोक गाँउपालिका ३ महाकाँलडाँडामा रहेको १ हजार १ सय बोट, धुलिखेल नगरपालिका ११ पात्लेगाउँमा रहेको १ हजार ५ सय बोट, तेमाल गाउँपालिका ६ ठुलो पर्सेलमा रहेको १ हजार १ सय बोट, पाँचखाल नगरपालिका १३ मा तेमालबेशीमा रहेको १ हजार १ सय बोट, नमोबुद्ध नगरपालिका ७ बुच्चाकोटमा रहेको १ हजार १ सय बोट, चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ मा रहेको २ सय बोट, मण्डनदेउपुर नगरपालिका वडा नम्वर ९ मा रहेको १ हजार १ सय बोट र पाँचखाल नगरपालिका ५ कृष्णमन्दिर टोलमा रहेको २ सय बोट समेत गरी एक हप्ते अभियानमा प्रहरीले स्थानीयहरुको सहयोगमा २१ हजार ४ सय ५१ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले जानकारी दिए । 
    प्रहरीले गाँजा फडानी सँगै भदौ १ गते देखि ७ गतेसम्म लागु औषध विरुद्धको अभियान संचालन गरी विद्यार्थीहरुलाई जनचेतनामुलक अनुशिक्षण गराएको छ । पनौती ११ मा रहेको श्रीराम माविमा अध्यनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई लागु औषध विरुद्धको अनुशिक्षण गरिएको छ । नमोबुद्ध नगरपालिकाको वडा नम्वर ५ मा रहेको कानपुर माविका ५०, भुम्लुको धारापानीमा रहेका १५ जना स्थानीयलाई जनचेतनामुलक अनुशिक्षण गरिएको छ । महाभारत गाउँपालिका ५ खोलाघारीमा स्थानीय २० जनालाई अनुशिक्षण गरिएको छ । बनेपा नगरपालिकामा रहेको रत्न चुडेश्वर मावीका ५० विद्यार्थी, भुम्लुको शारदा माविमा रहेका ५० विद्यार्थी, धुलिखेलको माउण्ट भ्यु विद्यालयका ५०, महाभारत ४ कोल्टारमा रहेको विद्यालयका ३०, महाभारत गापा १ गोकुलेको भैरव माविका ५०, बनेपा नगरपालिका १२ बाँसडोलको गणेशभारती विद्यालयका ५०, महाभारत गाउँपालिका ५ गौरी आधारभुत विद्यालयका १ सय ५० विद्यार्थीलाई लागु औषध दुब्र्यसनीको असरका बारेमा अनुशिक्षण गरिएको छ । 
    विपी राजमार्ग स्थित धुलिखेल नगरपालिका वडा नम्वर ६ र ७ मा सडकमा हिडिरहेका १५ ब्यक्तिलाई अनुशिक्षण गरिएको छ । पाँचखालको भ्याली बोर्डिङ्ग स्कुलका ५० विद्यार्थी, तेमाल गाउँपालिकाको महांकाल आधारभुत विद्यालयका १ सय ५०, बनेपा नगरपालिका ७ बेलर एकेडेमीका १ सय ५०, महाभारत गाउँपालिका ३ फोक्सिङ्गटारका २० जना स्थानीयलाई अनुशिक्षण गरिएको छ । महाभारतकै वडा नम्वर ४ मा २० जना स्थानीयलाई अनुशिक्षण गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लागू औषध प्रयोग र ओसार पसार र दुव्यसनी सम्बन्धि कार्यक्रमहरु संचालन गरिएका हुन् ।