2024 April 25/ 11:39: 32pm

आन्तरिकमा पनौती र मालपोतमा बनेपा पहिलो, खानीखोला र महाभारत न्यून

 

   धुलिखेल/संविधानले तीन तहका सरकार निर्माण गरी कार्यान्वयन शुरु भए पछि स्थानीय सरकारले खर्च सँगै आन्तरिक आम्दानी गरेका छन् । आन्तरिक आम्दानीमा सबैभन्दा कम खानीखोला गाउँपालिका रहेको छ भने सबैभन्दा धेरै पनौती नगरपालिकाको रहेको छ । 
    खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक आम्दानी तर्फ ३ लाख ९ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ भने पनौती नगरपालिकाले २९ करोड १७ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । जिल्लामा सबैभन्दा धेरै आम्दानी गर्ने स्थानीय सरकारका रुपमा पनौैती नगरपालिकालाई लिईन्छ । तर बेथान्चोक गाउँपालिकाले उठाएको राजश्व शिर्षकमै पनौती नगरपालिकाले दोहोरो कर लिएको उपभोक्ताको आरोप छ । पाँचखाल नगरपालिकाले पनि मण्डन देउपुर नगरपालिकाले उठाएको करमा थप कर उठाउँदै आएको छ । प्रदेश स्तरीय संसदीय समितिले अनुगमनका क्रममा दोहोरो कर लिने पाँचखाल र पनौतीलाई तत्काल रोक्न निर्देशन दिएको थियो । 
    धुलिखेल नगरपालिकाले आन्तरिक आम्दानी तर्फ एक वर्षमा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । बनेपा नगरपालिकाले ८ करोड ६९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । मण्डन देउपुर नगरपालिकाले १० करोड ७५ लाख ३८ हजार आम्दानी गरेको छ । नमोबुद्ध नगरपालिकाले २ करोड ७० लाख, पाँचखाल नगरपालिकाको आन्तरिक १८ करोड ८७ लाख २० हजार, रोशी गाउँपालिकाको ६ करोड ६७ लाख ३८ हजार, चौरी देउराली गाउँपालिकाको २४ लाख ६९ हजार, तेमाल गाउँपालिकाको १ करोड ९६ लाख ४५ हजार, बेथान्चोक गाउँपालिकाको ६ करोड ५६ लाख ८८ हजार, भुम्लु गाउँपालिकाको  आन्तरिक आम्दानीमा १ लाख ५३ हजार देखाईएको छ । भुम्लु गाउँपालिकाले विभाजन्य कोषमा सबै आम्दानीलाई जम्मा गरेका छ । त्यस्तै महाभारत गाउँपालिकाले ६२ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । स्थानीय सरकारको आम्दानी अनुसार खर्च र विकासका कार्यमा प्रभाव परेको छ । पनौतीमा रहेका खानीजन्य पदार्थको निर्यातबाट नगरपालिकाले धेरै आम्दानी गरेको छ भने खानीखोला र महाभारत गाउँपालिकासँग त्यो श्रोत छैन । भुम्लु, चौरीदेउराली, रोशी, बेथान्चोक गाउँपालिकाले खानीजन्य पदार्थका विक्री वितरणबाट आन्तरिक आम्दानीलाई विस्तारै मजबुत बनाउँदैे गएका छन् । पनौतीसँगै मण्डन, नमोबुद्ध, पाँचखाल नगरपालिकाले पनि खानीजन्य पदार्थको विक्रीबाट प्राप्त आम्दानीलाई बलियो श्रोतका रुपमा लिएका छन् । 
    स्थानीय सरकारले आन्तरिक आम्दानी बाहेक जिल्ला मालपोत आम्दानी, मूल्य अभिबृद्धि कर, सवारी साधन कर लगायतका शिर्षकबाट समेत आम्दानी गर्छन् । विभाजन्य कोषका रुपमा प्रदेश र संघ सरकारले तीन तहका सरकारलाई संकलित राजश्व बाँडफाँड गर्दै आएको छ । विशेषगरी जिल्लामा मालपोत करबाट सबैभन्दा धरै बनेपा नगरपालिकाले ९ करोड ९८ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ भने धुलिखेल नगरपालिकाले ५ करोड ८ लाख ४६ हजार आम्दानी गरेको छ । मण्डन देउपुर नगरपालिकाले मालपोतबाट जिल्ला मालपोत आम्दानी १ करोड ६१ लाख २ हजार आम्दानी गरेको छ । नगरपालिकाहरुमा जग्गा खरिद विक्री बढ्दा पनि स्थानीय सरकारले मालपोतमा संकलन भएको राजश्व प्राप्त गर्ने गरेका छन् । नमोबुद्ध नगरपालिकाले १ करोड ७८ लाख, पाँचखाल नगरपालिकाले २ करोड ८३ लाख, पनौती नगरपालिकाले ४ करोड ८० लाख आम्दानी गरेको छ । गाउँपालिकाहरु मध्ये रोशीले १२ लाख आम्दानी गरेको छ । 

कुन सरकारको कति आम्दानी ?

धुलिखेल नगरपालिका    
आन्तरिक आम्दानी – ५ करोड ८ लाख ४६ हजार 
जिल्ला मालपोत आम्दानी – ४ करोड ४१ लाख ५७ हजार 
मु.अ.कर आम्दानी – ५ करोड १ लाख ९२ हजार 
सवारी साधन कर आम्दानी – १ करोड ७७ लाख ८० हजार

बनेपा  नगरपालिका    
आन्तरिक आम्दानी – ८ करोड ६९ लाख १६ हजार 
जिल्ला मालपोत आम्दानी – ९ करोड ९८ लाख ३९ हजार 
मु.अ.कर आम्दानी – ६ करोड ५८ लाख ५२ हजार 
सवारी साधन कर आम्दानी– २ करोड ४० लाख 

मण्डनदेउपुर नगरपालिका    
आन्तरिक आम्दानी – १० करोड ७५ लाख ३८ हजार (खानी रोयल्टी– ७ करोड)
जिल्ला मालपोत आम्दानी – १ करोड ६१ लाख २ हजार 
मु.अ. कर आम्दानी – ६ करोड ९३ लाख ८४ हजार 
सवारी साधन कर आम्दानी– ४ करोड ८३ लाख ६ हजार 

नमोबुद्ध नगरपालिका
आन्तरिक आम्दानी – २ करोड ७० लाख 
जिल्ला मालपोत आम्दानी – १ करोड ७८ लाख 
मु.अ.कर आम्दानी – ५ करोड ३७ लाख
सवारी साधन कर आम्दानी– १ करोड ७० लाख 
खानी रोयल्टी– ३ करोड २९ लाख 

पाँचखाल नगरपालिका
आन्तरिक आम्दानी – १८ करोड ८७ लाख २० हजार
सवारी साधन कर आम्दानी– २ करोड ८३ लाख 
खानी रोयल्टी– ३८ लाख ८२ हजार

पनौती नगरपालिका
आन्तरिक आम्दानी – २९ करोड १७ लाख ६० हजार
जिल्ला मालपोत आम्दानी – ४ करोड ८० लाख 
मु.अ.कर आम्दानी – ६ करोड ८६ लाख ५४ हजार
सवारी साधन कर आम्दानी– २ करोड १७ लाख ११ हजार 

रोशी गाउँपालिका
आन्तरिक आम्दानी – ६ करोड ६७ लाख ३८ हजार 
जिल्ला मालपोत आम्दानी – १२ लाख 
मु.अ.कर आम्दानी – ६ करोड
खानी रोयल्टी– ५ करोड 

चौरी देउराली गाउँपालिका
आन्तरिक आम्दानी – २४ लाख ६९ हजार 
खानी रोयल्टी आम्दानी – ३९ लाख ५५ हजार 
सवारी साधन कर आम्दानी – १ करोड ४३ लाख १९ हजार

तेमाल गाउँपालिका
आन्तरिक आम्दानी – १ करोड ९६ लाख ४५ हजार 
जिल्ला मालपोत आम्दानी – १० लाख ७१ हजार 
सवारी साधन कर आम्दानी– १ करोड २७ लाख ५ हजार

खानीखोला गाउँपालिका
आन्तरिक आम्दानी – ३ लाख ९ हजार 
जिल्ला मालपोत आम्दानी – २ लाख ८५ हजार  
सवारी साधन कर आम्दानी– ६६ लाख ९५ हजार
मु.अ.कर आम्दानी– ३ करोड ९९ लाख ५८ हजार 

बेथान्चोक गाउँपालिका
आन्तरिक आम्दानी – ६ करोड ५६ लाख ८८ हजार 
खानी रोयल्टी आम्दानी – ६ करोड १० लाख 

भुम्लु गाउँपालिका
आन्तरिक आम्दानी – १ लाख ५३ हजार 
विभाजन्य कोषबाट – ५ करोड 

महाभारत गाउँपालिका
सवारी कर– ६२ लाख ७५ हजार
जिल्ला मालपोत आम्दानी– ५ लाख ७ हजार 
मु.अ. कर– ४ करोड ८८ लाख