मुख्य खबर

‘चिज’मा दुधकै अभाव

जुगेपानी, भिमखोरी/यातायात नभएको तर पशुपालनमा अब्बल मानिएको साविक भिमखोरी गाविस र आसपासको क्षेत्रबाट समेत दुध संकलन गरी दुग्ध विकास संस्थान मार्फत दुधका परिकार बनाउन २०२७ सालमा स्थापना गरिएको जुगेपानी भिमखोरीमा यातायातको सुगमता, पुशपालनमा रुची कम र युवाहरु शहरी क्षेत्रमा जाने क्रमले कमी हुन थालेको छ । 
२०५० सालसम्म निरन्तर चलेको संस्थान विविध कारणवश २०५० साल देखि १५ वर्षसम्म बन्द रह्यो । ११ रोपनी क्षेत्रफेलमा फैलिएको संस्थानले पछिल्लो समय चिज, पनिर, मख्खन लगायतका दुधका परिकारहरु उत्पादन गर्दै आएको छ । दैनिक ३ हजार लिटर जति दुध संकलन हुँदै आएको छ । शुरुवाती समयमा १० हजार भन्दा धेरै लिटर दुध संकलन हुँदै आएको थियो । कम दुध संकलनका कारण माग भए जति दुधका परिकारहरु बनाउन सकिएको छैन । सहायक चिज मेकर सुर्यबहादुर महतका अनुसार नीजि क्षेत्रबाट दुध संकलन गरी शहरसम्म ल्याउने र सोहि क्षेत्रमा पनि संस्थानकै जस्तै सामाग्रीहरु उत्पादन हुन थालेकाले संस्थानमा दुध संकलन कम हुन थालेको हो । अर्काेतिर पहिलाको जस्तो पशुपालन हुन छाडेको छ । पशुपालनमा युवाहरुको आकर्षण कम छ । युवाहरु शहरी क्षेत्र अथवा विदेशिने क्रम तिब्र छ । संस्थानले ल्याक्टो फ्याट अनुसार कृषकहरुलाई रकम भुक्तानी गर्दै आएको छ । दुध सहकारीहरु मार्फत संकलन भएको दुध स्थानीय कृषकहरुले बोकेरै संस्थानमा पु¥याउने गरेका छन् । कसै कसैले खच्चड मार्फत दुध संकलन गरी संस्थानसम्म ल्याउने गरेका छन् । 
दुध संकलन केन्द्रले स्थानीयहरुलाई रोजगारी समेत दिएको छ । कक्षा ७ मा अध्ययनरत संगिता सिजालीले हरेक दिन विहान संस्थानसम्म दुध ल्याएर विद्यालय जाने गरेको बताईन् । मासिक दुई हजार प्राप्त गर्ने सिंजालीले उक्त रकम अध्ययनमा खर्च गर्ने गरेकी छिन् । संस्थानले उत्पादन गर्ने दुधका परिकारहरु गुणस्तरीय हुने भएकाले माग धेरै भए पनि उत्पादन हुन सकेको छैन । ब्यवस्थापन चुस्त र स्थानीय सरकारले त्यसलाई ब्यवसायीकरण गराउन आवश्यक सहयोग गर्ने हो भने उक्त क्षेत्र पशुपालनका लागि उपयुक्त र आयस्तर उकास्न थप सहज हुने स्थानीयहरुले बताएका छन् । 

प्रकाशित मिति: 14 February, 2018