मुख्य खबर

५,४३२ लाई तेश्रो किस्ता

धुलिखेल/भुकम्पको लाभग्राही सूचीमा परेका ७२ हजार ४ सय १७ भुकम्प पीडितहरु मध्ये माघ मसान्तसम्म ५ हजार ४ सय ३२ जनाले मात्रै तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् । 
भवन डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर अशोक अधिकारीका अनुसार लाभग्राहिमा परेर पनि अधिकांशले घर निर्माण कार्य शुरु गरेका छन् । पहिलो किस्ता प्राप्त गर्ने ६६ हजार ४ सय २ जना मध्ये २० हजार ९ सय लाभग्राहीहरुले मात्रै आवास निर्माण गरेका छन् । आवास निर्माण गर्ने सबैले तेश्रो किस्ता रकम प्राप्त गर्न सकेका छैनन् । आवास निर्माण सम्पन्न भएकाहरुले तेश्रो किस्ताका लागि आवेदन दिएको भए पनि प्रकृयामै रहेको अधिकारीले बताए ।
भुकम्प पीडितको लाभग्राहीमा नपरेको भन्दै गुनासो गर्नेहरुको अझै गुनासो सम्बोधन हुन सकिरहेको छैन । पहिलो किस्ता लिएर दोश्रो किस्ता लिनेहरुको संख्या २० हजार ८ सय ४७ रहेको छ । पौष मसान्तसम्म मात्रै म्याद भएको सूचनाका आधारमा थुप्रै भुकम्प पीडितहरुले डिपिसी लेभलसम्म निर्माण गरी प्रकृयामा गएका छन् । दोश्रो किस्ता माग्नेहरुको संख्या १० हजार भन्दा धेरै रहेका छन् । सरकारले दोश्रो किस्ता लिने समय बढाएको छैन । रकम दिन नपुग्ने भए पनि थप एक लाख बढाए पनि कार्यान्वयनमा भने तत्काल आउने सम्भावना छैन । 

प्रकाशित मिति: 14 February, 2018