मुख्य खबर

उम्मेदवारको लावालस्कर

– गोकुल र तीर्थको सर्वसम्मत
– कांग्रेसमा आएको बात छैन
– बाम्पन्थीको छलफल जारी

    बनेपा/आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा रहेका राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरे पनि केन्द्रिय कमिटीहरुले उम्मेदवारको टिकट टुङ्गयाउन सकेको छैन ।
    ठुला राजनीतिक दलहरु तालमेलको छलफलमा जुटिरहेका बेला जिल्ला जिल्लामा भने उम्मेदवारहरुको लावालस्कर लागेको छ । एमालेले प्रत्यक्ष तर्फ दुवैमा गरी ४३ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्वर २ मा युवा नेता गोकुल बास्कोटालाई सर्वसम्वत चयन गरेको छ । नेपाली कांग्रेसले १ सय ४३ जनाको नाम सिफारिस गरेकोमा क्षेत्र नम्वर १ मा तिर्थ लामाको नाम सर्वसम्वत गरेको छ । नेकपा एमाले जिल्ला कमिटी काभ्रेपलाञ्चोकले क्षेत्रबाट आएका उम्मेदवारहरुको नामावलीलाई प्रदेश कमिटीमा पठाएको छ । प्रदेश कमिटीको मंगलबार बसेको बैठकले जिल्लाबाट आएका नामहरुका बारेमा छलफल गरेको थियो । बैठकमा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य इश्वरी रिजाल, स्कुल विभाग सदस्य गोकुल बास्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाईवा, उपाध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे लगायतले क्षेत्रिय कमिटीहरुले सिफारिस गरी पठाएका नामहरुका बारेमा र पार्टीले निर्वाचनमा लिने नीतिका बारेमा बोलेका थिए ।
    एमालेले क्षेत्र नम्वर १ प्रतिनिधि सभाका लागि वर्तमान सांसद रामहरी सुवेदी, नारायण पाण्डे, संग्रामजित लामा, पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रतिनिधि सभा क्षेत्र २ का लागि एमाले काभ्रेका पुर्व अध्यक्ष, केन्द्रिय स्कुल विभाग सदस्य, राजनीतिक विश्लेषक गोकुल बास्कोटाको नाम सर्वसम्वत सिफारिस गरेको छ । निर्वाचन क्षेत्र संयोजक एवं पार्टी उपाध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।
    क्षेत्र नम्वर १ प्रदेश सभाका लागि इन्द्र तामाङ, राजन भुर्तेल, मुकुन्द गौतम, इश्वरी पौड्याल, दिलिप तामाङ, ठाकुर बास्कोटा जेनिश लामा, सम्झना गौतम, हरिकुमार मैनाली, दिपक गौतम, नविना लामा, घनश्याम लामाको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्वर २ प्रदेश सभाका लागि अमित लामा, कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, चन्द्र लामा, पुर्ण पाण्डे, विदुर हुमागाई, विष्णुृप्रसाद खनाल, रामकृष्ण हुमागाई, राजन थापा, शेखर लामाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्वर ३ प्रदेश सभाका लागि टिका बल्धव सापकोटा, विदुर सापकोटा, कञ्चन अधिकारी, लक्ष्मण लम्साल, जनार्दन अधिकारी र मैया दनुवारको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्वर ४ प्रदेश सभाका लागि बसुन्धरा हुमागाई, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, राधाकृष्ण बस्ताकोटी, हरिशरण दाहाल, राममाया श्रेष्ठ र कमला अधिकारीको नाम सिफारिस गरेको एमाले काभ्रेका उपाध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए । सिफारिस गरिएका नामहरु प्रदेश कमिटीले २२ र २३ गते बैठक आयोजना गरि असोज २६ र २७ गते बस्ने स्थायी कमिटीको बैठकबाट नामावली टुङ्गो लगाउने निर्णय गरेको थियो । असोज २९ गते संघ र प्रदेशको समानुपातिक तर्फको बन्द सूचीको नामावली निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।
    
एमालेमा संयोजक तोकियो
    नेकपा एमाले जिल्ला कमिटीको बसेको सचिवालय बैठकले उम्मेदवारहरुको चयनका लागि संघ र प्रदेशमा निर्वाचन क्षेत्र अनुसार संयोजक चयन गरेको थियो । जिल्ला अध्यक्ष टोकबहादुर वाईवाको अध्यक्षतामा बसेको बैठकले संघको निर्वाचन क्षेत्र नम्वर १ का लागि संयोजकमा पार्टी अध्यक्ष टोक बहादुर वाईवा र क्षेत्र नम्वर २ मा उपाध्यक्ष अशोक ब्याञ्जु रहेका छन् । त्यस्तै प्रदेश अन्र्तगत क्षेत्र नम्वर १ मा सचिवालय सदस्य राजन भुर्तेल, क्षेत्र नम्वर २ मा सचिवालय सदस्य गणबहादुर लामा, क्षेत्र नम्वर ३ मा सचिवालय सदस्य पुस्कर ढकाल र क्षेत्र नम्वर ४ मा हरिदेव गिरी संयोजक रहेका छन् । संयोजकहरुको अध्यक्षतामा
    प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा विघटित निर्वाचन क्षेत्रिय कमिटीका सदस्यहरु हाल आफु रहेको निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीको सदस्य रहनेछन् । जिल्ला कमिटीले तोकेको जिल्ला कमिटीको सदस्य प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटीको संयोजक रहने ब्यवस्था पार्टीले गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचन समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटी सदस्य संयोजक रहने ब्यवस्था छ भने कमिटीमा प्रदेश सभा निर्वाचन क्षेत्र अन्र्तगत रहेका गाउँ कमिटी र नगर कमिटीका सचिवालय सदस्यहरु रहनेछन् ।
पूर्व सभापति चुनावमा नउठ्ने
    नेपाली कांग्रेसका पुर्व सभापति, पुर्व सांसद शिवप्रसाद हुमागाईले आगामी मंसिरमा हुने संघ र प्रदेशका दुबै चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । हुमागाईले प्रत्यक्षमा मात्रै नभई समानुृपातिक निर्वाचनमा समेत आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् । नेपाली कांग्रेसमा पटक–पटक सभापति भई २०५६ सालको निर्वचनमा सांसद निर्वाचित भएका थिए । पार्टीको संगठन बलियो बनाउन र टिकटकै कारण पार्टी भित्र विवाद सिर्जना नगरी पार्टीका उम्मेदवारहरुलाई जिताउन हुमागाईले आफु कुनै पदमा नउठ्ने घोषणा गरेका हुन् ।
    हुमागाई निकट श्रोतका अनुसार हुमागाई उम्मेदवार नबने पनि सक्रिय रुपमा पार्टीका उम्मेदवारलाई सघाउने छन् ।
कांग्रेसमा आएको बात छैन
    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि दलहरु बीच उम्मेदवार छान्ने क्रम शुरु भएका बेला नेपाली कांग्रेस काभ्रेले सबै क्षेत्रका उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभाका लागि क्षेत्र नम्वर १ बाट वर्तमान सांसद तिर्थ लामाको नाम सर्वसम्वत भएको छ । क्षेत्र नम्वर १ बाट उम्मेदवारको चर्चामा रहेका पुर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईले सोमबार प्रतिनिधी सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फबाट आफु उम्मेदवार नबन्ने निर्णय लिए सँगै सांसद लामाको नाम सर्वसम्मत भएको हो । हुमागाईले पार्टीका उम्मेदवारलाई जिताउन र पार्टी भित्रको एकता बलियो बनाउन उम्मेदवार बन्नै प्रतिस्पर्धा नगर्ने बताएका थिए । प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ क्षेत्र नम्वर १ मा कमला थापा, मिरा नेपाली, ललिता किङ्गरिङ्ग मगर, बाबुराम गिरी र हेमलाल लामाको नाम सिफारिस गरेको छ । क्षेत्रबाट सिफारिस गरेका केहि नामहरु काटिएको छ ।
    प्रतिनिधी सभा क्षेत्र नम्वर २ का लागि सभापति मधु आचार्य, कञ्चनचन्द्र बादे, कुमार लामिछाने, डा. राम थपलिया, शुभलक्ष्मी मानन्धर र कश्यप पौड्यालको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ रामकुमार मुल्मी, जीवना बादे, कृष्णबहादुर दनुवार, ठाकुरप्रसाद न्यौपाने, हेमकुमार तामाङ, तोरणबहादुर क्षेत्री, चन्द्र ढकाल, दिपकप्रसाद पौड्याल, एकबहादुर बुढाथोकी, यशोदा कार्की, रत्नप्रसाद लुईटेल र नन्दु दुलाल रहेका छन् ।
    त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ पाँच जनाको नाम केन्द्रमा सिफारिस गरिएको प्रचार विभाग प्रमुख रविन्द्र सिग्देलले जानकारी दिए । सिवी लामा, दिनेश भुर्तेल, दिनेश लामा, नारायण गौतम र शेरबहादुर तामाङको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ भने समानुपातिक तफृ ११ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा भिमबहादुर तामाङ, शंखबुृद्ध लामा, युवराज उप्रेती, आश्विनप्रसाद चौलागाई, देवराज चौलागाई, माधवप्रसाद पन्त, विक्रमराज गौतम, विष्णुमाया पुलामी, संजीव लामा, सुनिल लामा र प्रमिला योञ्जन रहेका छन् ।
    प्रदेश २ का लागि प्रत्यक्ष तर्फबाट १४ जनाको नामा सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा इन्द्रमणी अधिकारी, इश्वरी ओझा, इन्द्रबहादुर खड्का, कुन्साङ्ग लामा, तिर्थबहादुर पसखल, दिनेश लामा, सञ्जिव लामा, विदुर बञ्जारा, रामशरण भण्डारी, राजेशराज महत, नारायण सापकोटा, अर्जुन बञ्जारा, माधव थापा र मधुकर खनालको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा अञ्जु रञ्जित, काजिलाल लामा, कमला खनाल, गिता तिमल्सिना, जयन्ती हुमागाई, चन्द्रलक्ष्मी ताम्राकार, पुतली दर्लामी, रेणु थापा, रमिला अधिकारी, रामेश्वर अधिकारी, माधव दुलाल, विनोद कार्की, महेन्द्रबहादुर लामा, हर्षजित लामा, राजेन्द्रकुमार कर्माचार्य, हस्तबहादुर घ्यावा, प्रदिप हुमागाई, उद्धवप्रसाद कोईराला र सिर्जना खनाल रहेका छन् ।
    प्रदेश नम्वर ३ का लागि प्रत्यक्ष तर्फ सुन्दरमणी आचार्य, बेलबहादुर तामाङ, अच्युतप्रसाद पौड्याल, आनन्द सापकोटा, अर्जुनप्रसाद सापकोटा, गणेशप्रसाद अधिकारी, विदुर ढुंगानाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ मनोहर गोपाल धुँजु, दधिलाल श्रेष्ठ, लिलाकुमारी नेपाल, सावित्री दाहाल, सुनिता तामाङ, जितकृष्ण श्रेष्ठ, विमल ब्याञ्जु, जानुका नेपाल, मानबहादुर तामाङ, गिता श्रेष्ठ, प्रकाश लामा, नारायण सापकोटा, सिताराम परियार, मैया श्रेष्ठ, शान्ता क्षेत्री थापा, माहिली दनुवार, राजन कार्की, दयाराम यगोल श्रेष्ठ, शान्तिलक्ष्मी श्रेष्ठ, जितेन्द्रमान तामाङ रहेका छन् ।
    प्रदेश सभा क्षेत्र नम्वर ४ को प्रत्यक्ष तर्फ कृष्णगोपाल भैल, प्रचण्डराज प्रधान, प्रकाश थापा, महेश पौड्याल, माधवप्रसाद ढकाल, नारायणप्रसाद तिमल्सिना, भगवान अधिकारी, विदुर घिमीरे, इन्द्रबहादुर तामाङ, रामहरी शर्मा, हरिकुमार कर्माचार्य, साधुराम सापकोटा, प्रकाश तिमल्सिना, दिनेश हुमागाई, चन्द्र ढकाल रहेका छन् । प्रदेश सभा क्षेत्र नम्वर ४ समानुपातिक निर्वाचन क्षेत्र उद्धवप्रसाद नेपाल, निर्मला श्रेष्ठ, गोमा गोले, कमल तामाङ, प्रकाशचन्द्र जोशी, सरस्वती बैद्य, हरिशंकर घिमीरे, ज्ञानु काफ्ले, अनिता बस्नेत, जुलुमकृष्ण श्रेष्ठ, राधिका ढकाल, देवकी दाहाल, इश्वरी थापा, मञ्जु घिमीरे र कपिलदेव थापा, रहेका छन् ।
    कांग्रेसले स्थानीय तहको निर्वाचनमा भाग लिई पराजय भएका तथा यस अघि समानुपातिक सांसद भईसकेकाहरुलाई उम्मेदवार नबनाउने निर्णय भए लगत्तै सिफारिस भएकाहरु अधिकांशको नाम काटिने भएको छ । कांग्रेसले वडा अध्यक्ष, उपप्रमुख र प्रमुखमा पराजय भएकाहरुको नाम पनि सांसदको उम्मेदवार बन्न सिफारिस गरेको छ ।
पैसाको जोहो
    स्थानीय तहको निर्वाचनमा पराजय भएको ६ महिना नपुग्दै कांग्रेसका नेताहरुलाई पुनः सांसद हुने रहर जागेको छ । वडा अध्यक्ष, नगर प्रमुख, गाउँ पालिका प्रमुखमा पराजित भएकाहरु पनि उम्मेदवारको सिफारिस गरिएको छ । सिफारिस गरिएका उम्मेदवारहरु मध्ये नेपाली कांग्रेसको प्रदेश २ को क्षेत्रिय समिति र जिल्ला समितिले प्रति उम्मेदवार प्रत्यक्ष तर्फ १५ हजार, प्रदेश तर्फ १० हजार र समानुपातिक तर्फका उम्मेदवारलाई ७ हजार रकम असुलेको छ । क्षेत्र नम्वर २ ले पनि रकम असुलेको छ । जिल्लाले मात्रै १० लाख ४५ हजार रकम उठाएको छ ।  
माओवादीमा चर्चा
    बाम्पन्थी तालमेल गर्ने निर्णय भएसँगै नेकपा माओवादी केन्द्र काभ्रेमा आकांक्षीहरु धेरैले उम्मेदवारका लागि प्रयास गरेनन् । आकांक्षी भएकाहरुले पनि एमालेसँग सिटको बाँडफाँड गरे पछि मात्रै उम्मेदवारको फाईनल गर्ने तयारीमा माओवादी नेताहरु लागेका छन् । क्षेत्र नम्वर १ मा माओवादीबाट सुर्यमान दोङ्ग लगायतका नेताहरुको चर्चा रहेको छ ।
नयाँ शक्तिले टुङ्गयायो
    नयाँ शक्ति पार्टी नेपाल काभ्रे जिल्लाका सबै क्षेत्रमा उम्मेदवारहरु टुङ्गयाएको छ । बाम्पन्थी तालमेल हुँदा नयाँ शक्तिले काभ्रेमा कुन क्षेत्र वा समानुपातिक प्राप्त गर्ने वा टुङ्गो लागिसकेको छैन । टुङ्गो नलाग्दा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस हुनेहरुमा क्षेत्र नम्वर १ मा शंकरदास लामा र क्षेत्र नम्वर २ मा कृष्ण भण्डारी रहेका छन् । नयाँ शक्ति पनि सुर्य चिन्हबाटै निर्वाचनमा भाग लिनेछ । प्रतिनिधि सभा समानुपातिक तर्फ अक्कल बहादुर थिङ, इन्द्र विशुङ्खे रहेका छन् । प्रदेश सभा प्रत्यक्ष तर्फ क्षेत्र नम्वर १ मा  प्रविण तामाङ, क्षेत्र नम्वर २ मा रामहरि खनाल र दिपक खड्का, क्षेत्र नम्वर ३ मा रामशरण कार्की र रेशमलाल श्रेष्ठ र क्षेत्र नम्वर ४ मा ईश्वर ढकाल रहेका छन् । प्रदेश सभा समानुपातिक तर्फ होम कुमारी तामाङ, उत्सव खनाल, राजिब लामा, पवन कर्णजित, रन्जु के सी, विकास भ्लोन, रूपक तोलाङ्गे, ज्ञानेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।


प्रकाशित मिति: 12 October, 2017