मुख्य खबर

एमालेबाट लिन होईन दिन आँए

राष्ट्र निर्माणको महाअभियान
    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको संस्थापक, प्रेस युनियन काभ्रेका संस्थापक, काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक पोखरीचौरी निवासी विष्णुप्रसाद चौलागाईले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    चौलागाईले मंगलबार पार्टी सभापति समक्ष नेपाली कांग्रेस परित्याग गरेको राजिनामा पत्र बुझाएका थिए । नेपाली कांग्रेस काभ्रेको प्रचार विभाग प्रमुख समेत भईसकेका चौलागाई नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि लगायत विभिन्न पदहरुमा कृयाशिल थिए । नेपाली कांग्रेसमै रहेर राष्ट्र निर्माण गर्ने महान अभियानमा योगदान पु¥याउन नसकिने भएर एमालेमा प्रवेश गरेको बताएका छन् । चौलागाईले पार्टी प्रवेशका क्रममा एमालेको नीति र सिद्धान्त मन परेका कारण एमालेमा प्रवेश गरेको बताए । सुखी जीवन सम्वृद्ध राष्ट्र बनाउन अब एमालेले माध सक्ने भएकाले आफु एमालेमा प्रवेश गरेको उनले बताए । ‘म एमालेमा लिन होईन दिन आएको हुँ’–चौलागाईले भने–‘नेपालको राजनीतिक परिस्थितीलाई स्थिर बनाउन अब एमाले बाहेक अन्य शक्तिले गर्न सक्दैन भन्ने मेरो निश्कर्ष हो ।’
    लामो समय पार्टीको राजनीतिक जीवनमा विभिन्न उतार चढावका बाबजुत पनि नेपाली कांग्रेसमा सक्रिय भएर योगदान पु¥याएको र त्यो अभियानमा सहयोग गर्ने सबैलाई चौलागाईले धन्यवाद दिएका छन् । एमालेले दिएका सबै जिम्मेवारीहरु सक्रियतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । चौलगाईसँगै नेपाली काँग्रेसको विभिन्न पदमा रहेर काम गर्ने दर्जनौ सदस्यहरु एमालेमा प्रवेश गरेका थिए । केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज इश्वरी रिजाल, केन्द्रिय स्कुल विभाग सदस्य एवं पुर्व जिल्ला अध्यक्ष गोकुल बास्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाईवा, सचिव नारायण पाण्डे लगायतका नेताहरुले चौलगाई जस्ता थुप्रै ब्यक्तिहरु एमालेको राष्ट्र निर्माण अभियानमा सहभागि हुन आग्रह गर्दै चौलगाईलाई शुभकामना तथा बधाई दिएका थिए । 


प्रकाशित मिति: 12 October, 2017