विचार

कुखुरा पालनमा जैविक सुरक्षा

डा. गणेश बन्जारा
जैविक सुरक्षा फर्मलाई संक्रामक रोगको जोखिमबाट बचाउने र त्यस तर्फको सम्भावित क्षतिबाट जोगाउने कार्य हो । यसबाट आफुले पालेको पशु पंक्षीको सुरक्षा, व्यवसायको सुरक्षा, उद्योगको सुरक्षा र समुदायको सुरक्षा हुन्छ ।
  कुखुरा पालन फर्ममा जैविक सुरक्षा अपनाउनुका उद्देश्यहरु निम्न रहेका छन ।
- फर्म भित्र रहेका कुखुरालाई संक्रामक रोगको प्रवेश निषेध गराउने ।
- एक ठाउँको संक्रामक रोग अर्को नयां फर्ममा प्रवेश हुन नदिने ।
- रोगका किटाणुको संख्या कमी गराई मानव स्वास्थ्य लाई फाइदा गराउने ।
यिनै उद्देश्य प्राप्तिका लागि जैविक सुरक्षा अपनाएर आफ्नो फर्मका कुखुरालाई संक्रामक रोग बाट सुरक्षा दिई आफ्नो व्यवसायलाई नाफा मूलकका साथै पछिल्ला दिनहरुमा संक्रामक रोगलाई बढुवा नदिन जैविक सुरक्षा महत्वपूर्ण रहन्छ । जैविक सुरक्षा बाट रोगको जोखिम कम हुने, रोग फैलने वातावरणको सिर्जना कम भई नोक्सान कम हुने  भएकाले यसलाई खर्चको रुपमा लिन मिल्दैन । यसलाई पनि लगानी रुपमा लिएमा आफ्नो जिम्मेवारी बढ्न जाने हँुदा जैविक सुरक्षा प्रभावकारी रहन्छ ।
जैविक सुरक्षाका चुनौती ÷(रोग सर्ने माध्यमहरु)
- एक ठाउँमा रोगी कुखुराबाट अर्को ठाउँमा निरोगी कुखुरा 
- मरेका कुखुराको उचित व्यवस्थापन नगरिएमा 
- जंगली जनावर, कुकुर
- किरा
- मुसा 
- कुखुरा फर्मको मानिसहरुको निरोगी कुखुरा फर्ममा अवात जावत
- दाना र पानीमा भाडाहरु 
- सवारी साधन
- संक्रमित दाना र पानी 
समाधान 
- अआमान्त्रित आगन्तुकहरुलाई फर्ममा निषेध गर्ने 
- एउटै फर्ममा २ वा सो भन्दा बढी लटका कुखुरा भए पहिला सानो चल्लाहरुको अवलोकन गरी दाना र पानीको व्यवस्था मिलाउने ।
- बाहिरबाट आएको दाना पानीका भाडा लगायत अन्य उपकरणलाई निसत्रंmमण पश्चात फर्ममा प्रयोग लेराउने ।
- फर्मलाई वरिपरिबाट तार बारले धेर्ने ।
- फर्म छिर्नु अगाडि फुटबाथमा गोडा डुबाउने वा चुनामा टेकेर फर्ममा प्रवेश गर्ने ।
- ढोका र गेट प्रयोग नआएको बेला बन्द गर्ने ।
- घर पालुवा जनावरलाई फर्म भित्र पस्न नदिने ।
- मुसाको संख्या घटाउन पासो अथवा मुसाको विषादी राख्ने ।
-्फर्म वरिपरिका बुट्यानले मुसा, सर्प र चराचुरुङगीहरुलाई आश्रय दिन सक्ने हुनाले बुट्यान तथा अग्ला धाँसका बोटहरु हटाउने ।
-्  फर्ममा प्रवेश अगाडि फर्ममा प्रयोग गर्ने एप्रोन फेर्ने ।
-् मुसा र चराचुरुङगीको ध्यान आकर्षण नगराउन दानाहरुलाई फर्म वरिपरि ढुवानीको क्रममा पोखिन नदिने ।
-् एकै चोटि चल्ला राख्ने र एकैचोटि बजारीकरण गर्ने पद्धति अपनाउने 
-् एकै चोटि खोरमा प्रयोग भई रहेका भुस पुन प्रयोग नगर्ने । यसो गर्दा रोगको संक्रमण बढ्नुका साथै एमोनिया ग्यासको उत्सर्जन बढी हुन्छ ।
-् फर्ममा हात गोडा सफा गर्नाको लागि पर्यात्त मात्रामा पानी भएको धाराको व्यवस्था गर्ने ।
-् पानी दिने ड्रिङकर वा वाटा दैनिक रुपमा सफा गर्ने र त्यसमा बाकी रहेको फोहोर पानी नखुवाउने ।
-् पानीको जाँच गराउने र उपयुक्त पानी खुवाउने । यदि आरसनिक लगायत अरु खनिज तत्व बढी भएमा त्यस्ता पानीलाई फिल्टर गरे पश्चात मात्र खुवाउने । 
- खोरका पर्दा वा त्रिपालहरुलाई दुवै तिर भिज्ने गरि स्प्रेले निसंक्रमण गरे पश्चात मात्र पुन अर्को नयाँ लटको कुखुरामा प्रयोग गर्ने
-् खोरको भुइ सिमेन्टबाट निर्मित भएमा पानीको फोहोराको साहेताले सफा गर्ने 
- कुखुरा विरामी  परेमा छुट्टै कोठामा राखेर उपचार गर्ने ।
-् खोरको वरिपरि चुना छर्ने ।
-्  कुखुरालाई दिने पानीमा निसंक्रमण अथवा पानी शुद्धिकरण गर्ने औषधी राख्ने 
-् कुखुराको अवस्था र उमेर अनुसार भ्याक्सिनेसन गर्ने ।
-्  भ्याक्सिन खुवाउदा वा लगाउदा  औषधी राखेर शुद्धिकरण गरेको पानी नखुवाउने । 
-्  रोगको लक्षण देखा परेमा मा सम्बन्धीत प्राविधिक संग तुरुन्त सम्पर्क गरि रोग निदानको आवश्यक कार्य गर्ने 
फ्युमिगेसन
फ्युमिगेसन गर्ने प्रक्रिया धेरै अगाडिका वर्ष देखि चलिआएको जैविक सुरक्षा मध्ये एउटा पाटोको रुपमा लिन सकिन्छ । फ्युमिगेसनमा फर्मालिन ४० प्रतिशतको ३ भाग र पोटासियम पर म्याग्नेट (पोटासको धुलो) १ भागलाई प्रतिक्रिया गराएर धुवा निकालिन्छ । यो प्रक्रिया गराउनको लागि खोर चारैतिर बाट हावा बन्द हुने किसिमको हुनु पर्छ । फ्युमिगेसन प्रक्रियामा फर्ममा ७० देखि ८० प्रतिशत सापेक्षित आद्रता र २१ डिग्री सेल्सियसमा बढी प्रभावकारी हुन्छ । एउटा खोरमा २५ घन मिटर बराबर १ लिटर फर्मालिन र ३५० ग्राम पोटासको धुलो जरुरी पर्छ । फ्युमिगेसन गरि सके पश्चात २४ घण्टा सम्म खोर बन्द गर्दा यसको प्रभावकारिता बढी रहन्छ ।
फ्युमिगेसनको धुवाबाट मानव स्वास्थलाई प्रतिकुल असर पर्ने हुँदा धेरै सावधानी अपनाउनु पर्छ । यो कार्य गर्दा सुरक्षित कपडा, माक्स, चस्मा, पन्जा आदिको प्रयोग गर्नु उचित हुन्छ । यसका साथै फ्युमिगेसनको धुवा खोर भरि फैलिन नपाउदै आफु बाहिर निस्कनु पर्छ । यसरी फ्युमिगेसन गर्दा स्प्रेबाट निसंक्रमण नभएका जिवाणु र विषाणु लाई फ्युमिगेसनको धुवाले खोरको प्रत्येक कुना काप्चा सम्म पुगेर त्यहा रहेका किटाणुलाई नष्ट पारी खोरलाई नित्रंmमण गर्दछ ।
अन्तत जैविक सूरक्षा सामुहिक प्रयास हो र यसमा सबैले जवाफदेही लिनू पर्दछ । जैविक सुरक्षा निरन्तर रुपमा बर्ष भरी नै गर्ने काम हो जसले रोगको प्रकोपलाई न्यून, रोकथाम तथा नियन्त्रण गर्न मद्धत गरी स्वच्छ र सफा मासु तथा अण्डा उत्पादनमा मद्धत गर्दछ । त्यसैले जैविक सुरक्षालाई लगानी हो, खर्च होईन भन्ने कुरा हामी सबैले मनन् गर्न जरुरी छ । 
फर्ममा प्रवेश गर्नु अगाडि फुटबाथमा गोडा डुबाउने र स्प्रे गरी प्रवेश गर्ने ।
Posted:

  • तपाईको स्वास्थ्य हाम्रो सरोकार
  • लेख/रचना
  • साताको राशिफल
  • चेष्टा क्विज
  • सुन-चाँदी
  • लोडसेडिङ तालिका
  • Weather Report

    Quick Contact

    Chardobato, Kavre, Nepal
    Tel: +977 011 662494
    Email : cheshtaweekly@yahoo.com
    info@cheshthaweekly.com.np

    -->