2025 January 24/ 05:58: 39pm

हाम्रोबारे

‘निष्पक्षता’ पहिलो शर्त 
    ‘चेष्टा’ पब्लिकेशनको यात्रा ३१ वर्षमा प्रवेश गरेको छ । नागरिकहरुलाई ‘असल समाज निर्माणका लागि सत्य समाचारको सम्प्रेषण’ को मुल मन्त्र हामीले निरन्तर कायम राखेका छौं । जहाँ राज्यका निकायको ध्यान पुग्न सकिरहेको छैन, जसले राज्यका नाममा होस् वा नागरिकहरुलाई अनेक तरहबाट दुःख, हैरानी र संकटमा पारिरहेको छ । त्यो प्रवृत्ति विरुद्ध खरो उत्रँदै नागरिकहरुका आवाजलाई मुखरित गर्ने यात्रा निरन्तर छ । निरन्तर रहनेछ । 
    चेष्टाको यात्राको निरन्तरताको साक्षी तपाई पाठकहरु, विज्ञापनदाता, शुभचिन्तकहरु नै हो । तीन दशक अघि शुरु भएको चेष्टाले समाज परिवर्तन र रुपान्तरणका लागि खेलेको भूमिका छर्लङ्ग छ । चेष्टाले उठाएका जिल्लाका, देशका र अन्तर्राष्ट्रिय स्तरका मुद्दाहरुलाई समेत स्थापित गराउँदै समाजको रुपान्तरण गर्ने अभियानमा सारथी बन्ने प्रणलाई विर्सिएको छैन । चेष्टाले उठाएका कयन विषयहरु सबैसँग सहमत हुने खालका नहुन सक्छन् । सबैलाई सहमत नहुँदा नहुँदै पनि चेष्टाले सत्य र तथ्यलाई पहिलो प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेको हुन्छ । समाजलाई शुद्ध बनाउने अभियानमा चेष्टाले निडरताका साथ तथ्यपरक सामाग्रीहरु प्रकाशनमा जमर्काे गर्दै आएको छ । अभाव, दवाब र प्रभावमा समेत चेष्टा कहिल्यै झुकेन र झुक्ने छैन । यात्रा रोक्न त्यो प्रयत्न नभएको हैन । तर पनि चेष्टा कसैसँग झुकेन । कसैसँग सम्झौता गरेन । निरन्तर यात्रालाई अघि बढाई रह्यो । आवाज विहीनहरुको आवाज बनिरह्यो । दृष्टिविहीनहरुको दृष्टि बनिरह्यो । शक्तिको दुरुपयोग गर्नेहरु विरुद्ध वा नागरिकहरुलाई रैति सम्झने विरुद्ध पनि यसले आवाज उठाई रह्यो । त्यो यात्रा निरन्तर रहिरहनेछ । 
    देशभर आर्थिक मन्दिका कारण नागरिकहरुको जीवन सहज बन्न सकिरहेको छैन । युवाहरु पलायन भईरहेका छन् । देशमा केहि गरौ भनेर फर्किएकाहरु पनि निराश हुन थालेका छन् भने युवाहरु विदेश जाने क्रम बढिरहेको छ । राजनीतिक घटनाक्रम अस्थिर हुँदा सबै क्षेत्र तहननहस भएको छ । राजनीतिक परिवर्तनले कुनै बर्गलाई छुन नसकेको गुनासो छ । सरकार, सत्ता । तीन तहका सरकारको अपारदर्शी खर्च । उद्योग कलकारखाना बन्द । अवसर र रोजगार शुन्य । यस्तो अवस्थामा नागरिक प्रतिको दायित्वलाई पहिलो शर्त बनाउँदै हामी अघि बढिरहेका छौं । यो यात्रा निरन्तर अघि बढिरहने छ । यो बीचमा पाठकहरुको मन जित्नु एउटा चुनौती छ भने अर्काे चुनौती प्रविधी र तथ्यपरक सामाग्री पस्कनु हो । पाठकहरुको हातहातमा पत्रिका पु¥याउनु, पुगेको पत्रिकालाई थप विश्वसनीय बनाउनु त्यतिक्कै चुनौती छ । यो चुनौतीलाई सामना गर्दै नागरिकहरुको सत्य, तथ्य समाचार पस्कने जिम्मेवारीबाट हामी भाग्ने छैनौं । अझै निष्पक्षताका साथ पत्रकारिताको संहिता भित्र रहेर दायित्व र जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । 
    यात्राका क्रममा अनेकौं हण्डर, ठक्कर र थकाईको महसुस स्वभाविक हो । नेपालको बदलिँदो राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय घटनाक्रमले यात्रामा चुनौती पक्कै देखिए । त्यो चुनौतीलाई पनि सामना गर्दै चेष्टाले यात्रा अनवरत राख्यो । अनवरत यात्राको साक्षी पाठकहरुले गरेको अपार माया, सद्भाव र विश्वास हो । निरन्तर यो विश्वास र सद्भावलाई कायम राख्दै चेष्टाले यात्रालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्दछ । ३१ औ वर्ष प्रवेशका क्रममा शुभचिन्तक, पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछौं । 

अध्यक्ष
चेष्टा पब्लिकेशन प्रा.लि.

सम्पादकको सन्देश

img

३० औ वर्षमा ‘चेष्टा’ सत्य र तथ्यमा सधैं ‘दृढ’

    चेष्टा प्रकाशनले ३० वर्ष प्रारम्भ गरेको छ । तीन दशक समय छोटो होईन । यो बीचमा चेष्टा प्रकाशनले समाज निर्माण तथा नेपालका हरेक आन्दोलनमा पु¥याएको योगदान अविस्मरणीय छ । नागरिकहरुका दुःखसुखको साथी बनेको चेष्टाको ३० वर्षको आरम्भ झनै सत्य, तथ्यमा दृढ बन्ने संकल्पका साथ प्रस्तुत हुनेछ । प्रकाशनका समयमा यसले लिएको लक्ष्य र उद्देश्यलाई चेष्टा प्रकाशनले कहिल्यै दायाँ बायाँ गरेन । बहकिएन । तर्सिएन । डराएन । मैदान छाडेर भागेन । बरु सत्यका सामु एक्लो बृहस्पति जस्तै अडिग भईरह्यो । नागरिकका मुद्दा र आवाज बुलन्द गर्न प्राप्त जनसर्मथनले चेष्टाको प्रकाशनलाई हरेक दिन खदिँलो बनाउँदै लग्यो । परिपक्व बनाउँदै लग्यो । जिम्मेवार पत्रकारिताको पहरेदार बनाउन सहयोग पु¥यायो । हामीले समस्या उठाएका मात्रै छैनौं । समाधानाका लागि बाटो पहिल्याउन सहज बनाएका छौं । खबरदारी मात्रै होईन न्यायका लागि सहज बनाएका छौं । आम पाठकहरुको आँखाको नानी बन्ने प्रयास गरेका छौं । आवाज बन्ने प्रयत्न गरिरहेका छौं । सुन्ने मात्रै होईन समाधानका लागि दबाब दिने एक मात्र संचारमाध्यम बन्ने प्रयत्न गरिरहेका छौं । यो निरन्तरता र विश्वास पाठकहरुको भरोसाका कारण मात्रै सम्भव भएको हो । हामी पाठकहरुको रुची र चाहना विपरित कहिल्यै जाँदैनौं । त्यहि नै हाम्रो सम्पति हो । दायित्व हो । समाज प्रतिको जिम्मेवारी हो । 
    नविन युग र चेतनाको प्रतिबिम्ब समाज ब्यवस्थामा परिपक्व बनाउन सकिएन भने युग र नयाँ पुस्ताको अस्वीकार्यता बढ्छ । तसर्थ आवधिक अनुमोदन र नविकरणको व्यवस्थाले लोकतन्त्रको परिपूरण गर्छ । व्यक्तिमा अन्तर निहित गुण र विचारको कदर र प्रस्फुटन गर्ने, गराउन सके सामाजिक सौहाद्रता बढ्छ । समाजलाई सहभागिता र स्वीकार्यता, आलोचना र प्रशंसा, न्याय र समतामूलक बनाउन जरुरी छ । लोकतन्त्रका असंख्य लाभप्रद मध्ये वाक स्वतन्त्रता नै मजवुत र प्रभावकारी तत्व हो । खबरदारिता र निष्पक्षता, सकारात्मकता र तिखो प्रहार बिना संसारका कुनै पनि शासन र शासक जनप्रेमी हुन सकेका छैनन् र सक्दैनन् पनि । दुनियाँमा उदार व्यवस्थामा अनुदार र अनुदार व्यवस्थामा उदार नेतृत्वको उदय भएको छ । तसर्थ सूचना र संचार क्षेत्रको दर्बिलो र परिपक्व उपस्थिति आजको खाँचो हो । चेष्टा साप्ताहिकले स्थापनाकाल सँगै लिएको यो उद्देश्य हो । ‘असल समाज निर्माणको लागि, सत्य समाचारको सम्प्रेषण’को आवाजलाई आजसम्म अक्षुण्ण राखेका छौं । खराबसँग लडेर चुनौती र दायित्व बोध गरेका छांै भने सहि र ईमान्दारलाई प्रोत्साहन र उत्प्रेरणा जगाउने गरेका छांै । राष्ट्रिय उद्देश्य, मानवीय मूल्य र मान्यता, समाजको आमूल रुपान्तरणमा हाम्रो प्रतिबद्धता र अविरल सहभागिता रहनेछ । जहाँ देश र जनताको खिलाफ अकर्मन्यता, असहिष्णुता, गैरजिम्मेवार, अपारदर्शिता, अमानवीयता, उत्तरदायित्वहीन, जवाफदेहिता र छल हुन्छ त्यहाँ हाम्रो तिखो भाषा र टर्राेपन झुल्कि रहन्छ । न्याय र सत्य बोलेर मात्र स्थापित हुने भए यो जगतमा मानिसहरु बिचको असमानता र अज्ञानता अन्त्य गर्न युगौ युग देखि जुधिरहनु पर्दैन थियो होला ? व्यवहारमै जीवनको सँस्कार नबनाउने सिद्धान्त अन्ततः सिद्धान्त मात्र बन्छ । जीवन उपयोगी हुन सक्दैन । 
    चेष्टा साप्ताहिकको ३० औँ वर्षको स्थापनाको अवसरमा चेष्टा साप्ताहिकको उत्पति, विकास र अविरल यात्रामा विभिन्न कोणबाट साथ र सहयोग पु¥याउनु हुने आमपाठक, विज्ञापनदाता, बिक्रेता र कर्मठ कर्मचारी मित्रजनमा साधुवाद प्रकट गर्दछु । धन्यवाद 


अशोक ब्याञ्जुु
प्रकाशक/सम्पादक
चेष्टा प्रकाशन प्रा.लि.